image
image

सूर्यविनायक काँठ क्षेत्रमा ग्रामीण चक्रपथ निर्माण सुुरु

काठमाडौँ  २५  मङ्सिर । सूर्यविनायक नगरपालिकामा काँठ क्षेत्रको ग्रामीण चक्रपथ निर्माण सुरु भएको छ। उपत्यका काँठ चक्रपथअन्तर्गत दधिकोट तर्खगालबाट बिरुवा जाने सडक ११ मिटर चौडाइ विस्तार, स्तरोन्नति एवं कालोपत्र आजदेखि सुरु भएको हो। 

सूर्यविनायक नगरपालिका-५ स्थित परोपकार, तर्खगाल, पातलेटार हुँदै बिरुवा जाने उक्त सडक वाग्मती प्रदेश परियोजनाअन्तर्गत पूर्वाधार विकास डिभिजन कार्यालयको डिजाइन र सुपरिवेक्षणमा निर्माण सुरु भएको हो। सो अवसरमा प्रतिनिधिसभा सदस्यसमेत रहेका एमाले नेता महेस बस्नेतले एमाले सत्ता पक्ष वा प्रतिपक्षमा रहँदा पनि विकासकै लागि अहोरात्र खट्छ भन्दै सबै दलका नेताले विकासमा ऐक्यबद्धता र राजनीतिमा प्रतिस्पर्धा गर्नुपर्नेमा जोड दिए।

उनले भने, '५० किलोको माला लगाएर विपक्षीलाई गाली गर्दैमा भोट आउँदैन, विकास गरेर जनताको मन जित्न सके मात्रै भोट आउँछ, तपाईंहरु गाली गर्दै जानुस्, हामी विकास गर्दै जान्छौँ।' निर्माण सुरु भएका सबै सडक कालोपत्र हुने बताउँदै उनले विकासका विरोध नगर्न आग्रह गरे।

वाग्मती प्रदेशसभा सदस्य शशिजङ्ग थापाले भक्तपुरका विकासले फड्को मारेको बताउँदै सहरी क्षेत्रको सडक मात्रै नभई गाउँगाउँका सडक फराकिलो र कालोपत्र भइरहेको उल्लेख गरे।

सङ्घीय, प्रदेश र स्थानीय तहको बजेटले यहाँको क्षेत्र र प्रत्येक घरघर जोडिने गरी सडक निर्माण भएको, सबै खोलामा पुल निर्माण भएको, साँघुरा सडक फराकिलो भएको र विद्यालय, सामुदायिक भवन, स्वास्थ्य चौकीदेखि जनताको सरोकारका संरचनाहरुले पूर्णता पाउँदै गएको बताए। 

कार्यक्रममा सूर्यविनायक नगरपालिकाका उपप्रमुख जूना बस्नेत, वडा नं १ का अध्यक्ष साकुकाजी कायस्थ, वडा नं ४ का अध्यक्ष उत्तम थापा लगायतले विकासमा सूर्यविनायक निकै अगाडि बढेको चर्चा गरे। 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।