image
image

डलर खाता खोल्न खुला गरेपछि मार्केटिङको लागि अघि बढ्यो  एनआरएन

काठमाडौँ २५ मङ्सिर।  नेपाल राष्ट्र बैंकले गैर आवासीय नेपालीलाई डलर खाता खोल्न खुला गरेपछि त्यसको मार्केटिङको लागि गैर आवासीय नेपाली संघ लागि परेको छ । गैरआवासीय नेपालीहरुकै माग अनुसार नै राष्ट्र बैंकले डलर खाता खोल्न पाउने व्यवस्था गरेको हो ।

राष्ट्र बैंकले बैंकहरुलाई पठाएको परिपत्र अनुसार अमेरिकी डलरको अलावा युरो, पाउन्ड स्टर्लिङ, अस्ट्रेलियन डलर, क्यानेडियन डलर, जापानी येन र चिनियाँ युआन गरी ७ वटा विदेशी मुद्रामा खाता खोल्न खुला गरिएको हो । 

विदेशी निक्षेपमा खाता खोल्न न्यूनतम निक्षेप भने ५ हजार अमेरिकी डलर वा सो बराबरको परिवत्य विदेशी मुद्रामा हुनुपर्नेछ । पहिलो १० हजार डलर जम्मा गरेर २ वर्ष राख्नुपर्ने प्रावधानलाई सहजीकरण गरेर अहिले १ वर्षको मात्रै पनि मुद्दती खाता खोल्न मिल्ने र ५ हजार मात्रै निक्षेप पनि ल्याउने मिल्ने गरी सहजिकरण गरिएको बताइएको छ ।

राष्ट्र बैंकले हालै बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरेको निर्देशनमा विदेशी निक्षेप खातामा न्यूनतम निक्षेप ५ हजार अमेरिकी डलर हुनुपर्ने भनिएको छ । गैर आवासीय नेपालीले मुद्दती निक्षेप र वचत निक्षेप गरी दुई प्रकारले खाता खोल्न सकिन्छ । मुद्दती निक्षेप चाँहि १ वर्षको हुन्छ त्यसमा त्रैमासिक व्याज प्राप्त हुन्छ र त्यो व्याज फिर्ता लग्न चाहेमा त्रैमासिक रुपमा सम्बन्धित देश लान सकिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।