image
image

विदेशबाट फर्केका युवा कुखुरापालनबाट मनग्य आम्दानी 

काठमाडौँ, २६, मंसिर । शुक्लाफाँटा नगरपालिका–३ का २५ वर्षीय जयराम चौधरी गतिलो कमाईका लागि दुई पटक विदेश पुगे । पाँच वर्ष विदेश बसे पनि उनले मनग्य पैसा आर्जन गर्न सकेनन् । विदेशबाट कमाएको पैसाले घरमै व्यवसाय गर्ने चौधरीको ठूलो धोको थियो । तर थोरै पैसा मात्रै बचत गर्न सकेपछि उनले व्यवसाय गर्न ऋण काढ्नतर्फ लागे । ऋण नपाएपछि चौधरी कतार उडे ।

कतार पुगेपछि कोराना महामारी फैलियो । निषेधाज्ञाका कारण खासै कमाइ भएन, उनले भने, घर फर्किए पनि कोरोनाकै त्रास थियो । त्रासमै बस्नुपर्ने अवस्था आयो ।विदेशबाट कमाएको रु तीन लाखले चौधरीले कुखुरापालनको सुरुआत गरे । दुईवटा फार्म बनाएर उनले कुखुरापालन गर्न थाले । फार्म, दानापानी र औषधोपचारमा धेरै खर्च हुन थाल्यो । विदेशबाट दुःख गरेर ल्याएको पैसा सिद्धिएर घाटा हुने हो कि भन्ने चिन्ता भयो, उनले भने, तर पहिलो लट्मै रु पाँच लाखको कुखुरा बिक्री भयो ।

फार्म निर्माण, दानापानी र औषधोपचारमा लागेको खर्च कटाएर रु एक लाख ५० हजार नाफा भएको चौधरीले बताए । दुई फार्ममा उनले सात हजार कुखुरा पाल्दै आएका छन् । हालसम्म चौधरीले रु २० लाख नाफा आर्जन गरेका छन् । विदेशमा जति परिश्रम गरे पनि महिनाको रु ३५ हजार रकम मात्रै मासिक रुपमा हात पथ्र्यो । यहाँ विदेशको भन्दा चार गुणा बढी आम्दानी हुन्छ, उनले भने । विदेशमा भन्दा घरमै गतिलो आम्दानी हुन थालेपछि चौधरी खुशी छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।