नेप्सेमा भारी अंकको गिरावट, १० कम्पनीका लगानीकर्ता धेरै गुमाए
काठमाडौँ २३ मङ्सिर । नेपाल स्टक एक्सचेन्ज (नेप्से) साताको पहिलो दिन आइतबार उच्च अंकको गिरावट भएको छ । आज शेयर बजारमा ८८ दशमलब ७० अंकले गिरावट भइ दुई हजार तीन सय ६१ दशमलब २७ विन्दु बजार बन्द भएको छ । आइतबार तीन अर्ब १९ करोड ९१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
त्यस्तै, आज सबै उपसमूह घटेर राताम्मे भएका छन् । आइतबार सबैभन्दा बढी मञ्जुश्री फाइनान्सको कारोबार भएको छ । फाइनान्सको १९ करोड ७७ लाख रुपैयाँको कारोबार भएको छ । आइतबार सबैभन्दा धेरै गुमाउने १० वटा कम्पनीका लगानीकर्ता परेका छन् । जसमा सबैभन्दा धेरै नयाँ सारथी लघवित्तका लगानीकर्ताको लगानी १० प्रतिशतभन्दा बढीले घटेको छ ।
त्यस्तै ९ प्रतिशतभन्दा बढी शेयर मूल्य घट्नेमा कालिका पावर, जानकी फाइनान्स, जोशी हाइड्रो पावर, समता घरेलु लघुवित्त, मैलुङ खोला जलविद्युत,स्वाभिमान लघुवित्त र लक्ष्मी इक्वटी फण्ड रहेका छन् ।
आइतबार सबैभन्दा बढी जीवन बीमा कम्पनीको उपसूचक घटेको छ । उक्त उपसूचकमा करिब ४२० विन्दुले गिरावट देखिएको छ । त्यसपछि विकास बैंक उपसूचक पनि २२५ विन्दुभन्दा बढीले गिरावट भएको छ ।