निफ्राको भाउ शतप्रतिशतले घटेको देखियो, सेयर कारोबार प्रणालीमा समस्या
काठमाडौँ १२ फागुन- कारोबार खुलेसँगै बढ्न शुरु भएको बजारमा कारोबार गर्न समेत नसकिएको लगानीकर्ताहरुले गुनासो गरेका छन् ।प्रणाली गडबढ देखाउँदा नेप्से सूचक भारी अंकले घटेको देखिएको छ । नेपाल इन्फ्रास्टक्चर बैंकको सेयर भाउ १००% घटेको देखाइएको छ । यसले समग्र नेप्से सूचक र बजार प्रभावित भएको हो । यसबाट सर्वसाधारण लगानीकर्ता अन्योलमा परेका छन् ।
कारोबार खुलेको पहिलो मिनेटमा नै नेप्से परिसूचक बढेर १७ अंकले बढेको देखाएको थियो । त्यसपछि परिसूचक घटेको देखियो ।११ बजेर १८ मिनेट जादा नेप्से परिसूचक १ दशमलव ६६ अंकले बढेको देखिएको थियो । त्यसको २ मिनेटमै नेप्से परिसूचक ३ दशमलव १९ प्रतिशतले घटेको देखिएको थियो ।
कुनै पनि कम्पनीको भाउ एक दिनमा १०% भन्दा तलमाथि हुन नसक्ने भए पनि बुधबार निफ्राको भाउ १००% घटेको देखिएको हो । १००% भाउ घट्नुले निफ्राको भ्यालू शून्य भएको जनाउँछ । अनलाइन प्रणालीमा गडबढी हुँदा यस्तो देखिएको हो । यसबाट लगानीकर्ताहरु पनि अन्योलमा परेका छन् । सामाजिक सञ्जालमा पनि हल्लाखल्ला फैलिएको छ ।