image
image

तीन महिनामा १९ उत्पादन दर्ता

काठमाडौँ  २६  मङ्सिर । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा ६ हजार ४३८ खाद्य पदार्थहरूको आयात अनुमति जारी गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले सार्वजनिक गरेको चालु आवको पहिलो त्रैमाससम्मको वित्तिय विवरणले यस्तो देखाएको हो । 

यसै क्रममा आवश्यक कागजात पूरा नभएका तेल, मह, मसला, कन्फेक्सनरी, केराउ साथै आयात रोक्का गरिएका सिन्थेटिक पेय पदार्थ लगायतका विविध खाद्य पदार्थहरू गरि जम्मा ६१ खाद्य पदार्थको कन्साइन्मेन्टरहरुको अनुमति अस्वीकृत गरिएको छ । 

यस्तै सोही अवधिमा १९ उत्पादन दर्ता गरिएको छ । ६७ नवीकरण गरि जम्मा ८६ वटा आहारपूरक खाद्य पदार्थ नियमन गरिएको छ । यसका साथै विभिन्न १२ वटा विभिन्न नाममा रहेका खाद्य आयात निर्यात गुणस्तर प्रमाणिकरण कार्यालयहरूमा १६ हजार ३१० वटा नमुनाहरू प्राप्त भइ जाँच विश्लेषण गरी नियमन गरिएको छ । 

त्यस्तै समीक्षा अवधिमा १५८ उद्योगलाई नयाँ अनुज्ञापत्र दिइएको छ भने २९५ उद्योगको नवीकरण गरिएको छ । ७५० नयाँ उद्योग स्थापना गर्न सिफारिस गरिएको छ । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।