image
image

शेयर बजारमा ओरालो लाग्ने क्रम रोकिएन

काठमाडौँ, २७, मंसिर । शेयर बजारमा ओरालो लाग्ने क्रम रोकिएको छैन । यसैक्रममा साताको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ८८ दशमलव ७० अंकले ओरालो लागेर २३६१ द्यशमलव २७ अंकमा झरेको छ । नेप्से परिसूचकसँगै कारोबार रकम पनि ओरालो लाग्दा कारोबार रकममा समेत उच्च गिरावट भएको छ । कुल २२८ कम्पनीको ७४ लाख ६० हजार ८७४ कित्ता शेयर ३ अर्ब ३८ करोड २५ लाख ९ हजार रुपियाँमा कारोबार भएको हो ।

आइतबारको कारोबारपछि नेप्सेमा सूचीकृत कम्पनीहरूको समग्र बजार पुँजीकरण ३३ खर्ब १९ अर्ब ६४ करोड ९८ लाख २३ हजार रुपियाँमा झरेको छ । कारोबार भएका १३ वटै समूहको सूचक ओरालो लागेको छ ।

यस दिन बैंकिङ समूह ४४ दशमलव ५३, व्यापार १८९ दशमलव २५, होटल तथा पर्यटन ८७ दशमलव २६, विकास बैंक २८१ द्यशमलव ७९, जलविद्युत् १२४ दशमलव ९६, वित्त १०० दशमलव २७, निर्जीवन बीमा ४९० दशमलव १२, उत्पादन १८६ दशमलव ६८, अन्य ६३ दशमलव शून्य ४, लघुवित्त १७५ दशमलव ६३, जीवन बीमा ५०७ दशमलव ६१, सामूहिक लगानी कोष शून्य दशमलव २ र लगानी ३ दशमलव १५ अंकले ओरालो लागेका छन् । कारोबार रकमका आधारमा मञ्जश्री फाइनान्स शीर्ष स्थानमा रहेको छ ।

सो बैंकको ३१ करोड २८ लाख ८३ हजार रुपिया“बराबरको कारोबार भएको छ । यस्तै नेसनल हाइड्रोपावरको १३ करोड ६३ लाख ७९ हजार, नबिल बैंकको ११ करोड ५९ लाख, महालक्ष्मी विकास बैंकको आठ करोड २६ लाख र अपि पावर कम्पनीको सात करोड ४ लाख ८३ हजार रुपियाँको कारोबार भयो ।

समग्र परिसूचक घटे पनि युनिलिभर नेपाल, स्वाभिमान लघुवित्त, नारायणी डेभलपमेन्ट बैंक, गुडविल फाइनान्सको डिवेञ्चर र मञ्जुश्री फाइनान्सका लगानीकर्ताले कमाएका छन् । त्यस्तै नयाँ सारथी लघुवित्त, लक्ष्मी इक्विटी फण्ड, जानकी फाइनान्स, नेपाल हाइड्रो डेभलपर र समता घरेलु लघुवित्तको शेयर उच्च अंकले घटेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।