image
image

नेप्से १०० भन्दा बढी अंकले घट्यो

काठमाडौँ, २७, मंसिर । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक १०० भन्दा बढी अंकले घटेको छ।

बजार खुलेदेखि नै लागेको नेप्से, साढे २ घण्टामा १००.८२ अंक घटेर २२६०.४२ विन्दुमा झरेको छ।

सो समयसम्ममा २२९ कम्पनीको ३९ हजार १३९ पटकको कारोबारमा २ अर्ब ५५ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।

कारोबारमा आएका सबै उपसमूहको परिसूचक ओरालो लागेका छन्। जसमध्ये वित्त उपसमूहको परिसूचक सर्वाधिक ७.७१ प्रतिशत घटेको छ।

सो अवधिसम्ममा बोटलर्स नेपाल तराइ बाहेक अन्य कुनै कम्पनीको शेयरमूल्य बढेको छैन। यद्यपि, केही ऋणपत्र र म्युचुअल फण्डको मूल्य भने सो अवधिमा सामान्य बढेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।