image
image

एक सय अंक ओरालो लागेको नेप्से अन्तिममा सम्हालियो

काठमाडौँ, २७, मंसिर । १०१ अंकले घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक अन्तिममा सम्हालिएको छ । साढे २ घन्टापछि अर्थात साढे १ बजे नेप्सेमा १०१ अंकको गिरावट आएको थियो । त्यसपछि, परिसूचक केही सम्हालिँदै ७९ अंकमा आएर रोकिएको हो ।

उक्त अंकको गिरावटसँगै परिसूचक २२ सय ८२ अंकमा आइपुगेको छ । यसक्रममा तीन अर्ब ९९ करोड रुपैयाँ बराबरको कारोबार हुँदा ९६ लाख कित्ता सेयर किनबेच भएको छ । बजारमा उच्च अंकको पहिरो आएको दिन आज सबै समूह घटेका छन् । निर्जीवन बीमा समूहमा सबैभन्दा बढी ५४५ अंकको गिरावट आएको छ भने जीवन बीमा समूहमा ४२५ अंकको गिरावट आएको छ ।

यसका साथै, विकास बैंक समूहमा २११ अंकको, लघुवित्त समूहमा १८७ अंकको, उत्पादनमूलक समूहमा १७१ अंकको र जलविद्युत समूहमा १०५ अंकको गिरावट आएको छ । बजार घटे पनि आज गुर्खाज फाइनान्स कम्पनीका लगानीकर्ताले प्रतिकित्ता ६६ रुपैयाँ नाफा कमाएका छन् । कम्पनीको सेयर ९.४७ प्रतिशतले बढेसँगै सबैभन्दा बढी नाफा कमाएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
100%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।