पुसमा ब्याजदर नबढाउने पक्षमा बैंकहरू
काठमाडौँ, २७, मंसिर । अघिल्लो महिनाको तुलनामा १० प्रतिशतका दरले ब्याजदर बढाउन पाइने भएपनि पुसमा बैंकहरू नबढाउने पक्षमा देखिएका छन् । ब्याजदर बढाउँदैमा निक्षेप नबढ्ने तर लागत बढ्ने भएकाले आउँदो महिनाका लागि ब्याजदर नबढाउने धारणा अधिकांश बैंकहरूबाट आएको बैंकर्स संघले जनाएको छ ।
समसामयिक विषयमा गत साता बसेको संघको बैठकमा बैंकहरुबाट यस्तो धारणा आएपछि आफूहरु थप छलफलमा जुटेको बैंकर्स संघका अध्यक्ष अनिलकुमार उपाध्यायले बताए । ‘एक पटक विकास बैंक र फाइनान्स कम्पनीहरूसँग पनि छलफल गरेर निर्णय गर्ने कुरा साथीहरूबाट आयो, उनले भने, ‘सोमबार विकास बैंक र फाइनान्स कम्पनीका साथीहरूसँग छलफल गर्दैछौं ।
विकास बैंक र फाइनान्स कम्पनीबाट पनि ब्याजदर नबढाउने भएपछि आफूहरूले पनि नबढाउने उपाध्यले बताए । ‘उनीहरुले ब्याजदर बढाउने भएमा त हामीले नबढाउने भन्ने कुरा हुँदैन, उनले थपे, ‘यसकारण पुसका लागि ब्याजदर बढाउनेरनबढाउने भन्ने कुरा विकास बैंक र फाइनान्स कम्पनीहरुसँगको छलफलपछि टुङगो लाग्छ ।
ब्याजदर बढाएर मात्र निक्षेप नआउने भएपछि बैंकहरू यस्तो निष्कर्षमा पुगेका हुन । गत कात्तिकदेखि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई अघिल्लो महिनामा आफ्नो वर्गका सबै बैंकको औसत ब्याजदरको अधिकतम १० प्रतिशतसम्म मात्र बढाउन पाउने व्यवस्था गरेको छ । सोही प्रावधान अनुसार मंसिर महिनाका लागि अधिकांश बैंकले एक वर्षे व्यक्तिगत मुद्दती निक्षेपमा १०.०५ प्रतिशत र साधारण बचतमा ५.०५ प्रतिशत ब्याजदर प्रकाशित गरेका थिए ।यस्तै, एक वर्षे मुद्दती निक्षेपमा विकास बैंकले १०.२५ र फाइनान्स कम्पनीले १०.३५ प्रतिशत ब्याजदर प्रकाशित गरेका थिए ।