image
image

कोभिडविरुद्धको खोप अभियान: पहिलो चरणमा ८५ प्रतिशतले लगाए कोभिसिल्ड खोप

काठमाडौँ।  नेपालमा कोभिड–१९ विरुद्धको खोप अभियानअन्तर्गत पहिलो चरणमा ८५.६५ प्रतिशतले कोभिसिल्ड खोप लगाएका छन् । स्वास्थ्य सेवा विभागले कोभिड–१९ खोप अभियानको प्रारम्भिक तथ्यांक सार्वजनिक गर्दै सो जानकारी दिएको हो । 

तथ्यांक अनुसार पहिलो चरणको तीन ‘लट’मा जम्मा चार लाख २९ हजार ७०५ जनाले खोप लिएका हुन् । यो नेपालको जनसंख्याको १.४ प्रतिशत हो । विभागले पहिलो प्राथमिकताको पहिलो चरण माघ १४ देखि २४ गतेसम्म खोप कार्यक्रम गरेको थियो । जसमा एक सय ८६ खोप केन्द्र मार्फत एक लाख ८५ हजार आठ सय ६५ जनाले खोप लगाएका थिए । 

पहिलो चरणमा नै माघ २६ देखि ३० सम्म काठमाडौँमा थप केन्द्रहरु खोलेर पत्रकार कूटनीतिक नियोग र यूएन एजेन्सीका कर्मचारीलाई खोप दिने व्यवस्था गरिएको थियो । थपिएको तीन केन्द्रमा कुल ३ हजार ४८० जनाले खोप लगाएको विभागको तथ्यांकमा उल्लेख छ ।

त्यस्तै पहिलो प्राथमिकताको दोस्रो चरण फागुन २ देखि १० सम्म खोप लगाइएको थियो । जसमा दुई सय २२ खोप केन्द्रबाट दुई लाख ४० हजार तीन सय ६० जनाले खोप लगाएका थियो । 

दोस्रो चरणको खोप अभियान यही फागुन २३ गतेदेखि सुरु हुँदै छ । दोस्रो चरणको अभियानमा ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई पहिलो प्राथमिकतामा राखिएको छ भने जोखिमका आधारमा लक्षित वर्ग थप गर्दै लैजाने मन्त्रालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।