image
image

गभर्नर अधिकारीको सम्पत्ति विवरण सार्वजनिक, कति छ अधिकारीको सम्पति ? 

काठमाडौँ, २८, मंसिर । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन । गत चैत २४ गते गभर्नर भएका अधिकारीको सम्पत्ति विवरण नेपाल राष्ट्र बैंकको वेवसाइटमा राखिएको छ ।

उनले आफ्नो सम्पत्ति विवरणमा विभिन्न १० स्थानमा जग्गा रहेको देखाएका छन् । जसमध्ये ललितपुरको साविकको सैंवु गा।वि।समा १४ रोपनी र मकवानपुरमा २ कट्ठा जग्गा आफ्नो नाममा रहेको देखाएका छन् । बाँकी जग्गा उनकी श्रीमती सरिता अधिकारीको नाममा रहेको रहेको छ ।

उनले ललितपुरको जग्गा विराठनगरमा रहेको घरजग्गा विक्री, सापटी तथा वचतको प्रयोग गरी खरिद गरेको बताएपनि खरिद मूल्य भने खुलाएका छैनन् ।

उनी बस्दै आएको ललितपुरको घर उनकी श्रीमती सरिताको नाममा रहेको तथा २०५९ सालमा सञ्चयकोष, बैंक ऋण र वचतको प्रयोग गरी निर्माण गरिएको अधिकारीको सम्पत्ति विवरणमा उल्लेख गरिएको छ ।

घर भएको जग्गाको क्षेत्रफल २२ वर्गफिट रहेको छ । झापाको सुरुङ्गामा श्रीमती सरिताको नामा तीन ठाउँमा जग्गा रहेको र उक्त जमिन वकस पास गरेको बताइएको छ ।

यसैगरी गभर्नर अधिकारीसँग करिब २७ तोला सुनका गरगहना रहेको छन् । ४ लाख ५५ हजार खरिद मूल्य रहेको उक्त सुन पैतृक, विवाह र खरिद मार्फत प्राप्त भएको विवरणमा उल्लेख छ । यसैगरी उनीसँग ५० चाँदी र १८ हजार रुपैयाँ नगद रहेको देखाइएको छ ।

यसैगरी अधिकारीसँग विभिन्न बैंक सहकारीमा अधिकारी र सरिता र उनका छोरा सौगातको नाममा १ लाख ६३ हजार ७६३ रुपैयाँ नगद मौज्दात रहेको छ ।

अधिकारीसँग २ हजार २०२ अमेरिकी डलर बराबरको विदेशी मुद्रा र नागरिक लगानीकोषको अवकास कोषमा अधिकारीको नाममा १२ लाख २४ हजार ६०० रहेको देखाइएको छ ।

गभर्नर अधिकारी, श्रीमती सरिता र उनका सन्तानका नाममा विभिन्न कम्पनी तथा बैंक वित्तीय संस्था ५६ हजार २१३ कित्ता सेयर र नविल व्यालेन्स फण्ड २ को १ लाख ८० हजार कित्ता सेयर रहेको सम्पती विवरणमा उल्लेख छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।