image
image

डलरको मूल्य स्थिर, अन्य देशको मुद्राको विनिमयदर कति ?

काठमाडौँ, २८, मंसिर । नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले आजको अमेरिकी डलर एकको खरिद दर अधिकतम १२० रुपैयाँ ९३ पैसा र बिक्री दर १२१ रुपैयाँ ५३ पैसा कायम गरेको छ । यो अमेरिकी डलरको विनिमय दर पछिल्लो १७ महिनाकै उच्च हो । यो मूल्य दुई दिनदेखि स्थिर छ । 

युरोपियन युरो आज एकको खरिद दर १३६ रुपैयाँ २९ पैसा र बिक्री दर १३६ रुपैयाँ ९६ पैसा छ । युके पाउन्ड स्टलिङ एकको खरिद दर १६० रुपैयाँ २१ पैसा र बिक्री दर १६१ रुपैयाँ कायम छ ।  



अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ ३५ पैसा र बिक्री दर ८६ रुपैयाँ ७८ पैसा छ ।  जापानी येन आज १० को खरिद दर नेपाली १० रुपैयाँ ६४ पैसा र बिक्री दर १० रुपैयाँ ६९ पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिद दर १९ रुपैयाँ ०१ पैसा र बिक्री दर १९ रुपैयाँ १० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । 

आज साउदी अरबियन रियाल आज एकको खरिददर ३२ रुपैयाँ २४ पैसा र बिक्री दर ३२ रुपैयाँ ४० पैसा रहेको छ भने कतारी रियाल आज एकको खरिद दर ३२ रुपैयाँ ९७ पैसा र बिक्री दर ३३ रुपैयाँ १४ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ । मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ६१ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ७५ पैसा रहेको छ । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।