शेयर बजारमा सकारात्मक सर्किट, आजको कारोबार बन्द
काठमाडौँ २८ मङ्सिर । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको तेस्रो दिन आज मंगलबार सकारात्मक सर्किट लागेर बन्द भएको छ । कारोबार शुरु भएको दुई घण्टा नबित्दै पाँच प्रतिशतले बढेर ४० मिनेटको लागि बन्द भएको नेप्से पुनः ६ प्रतिशतले बढेर बन्द भएको हो ।
यस अवधिमा नेप्से १३७.१८ अंकले बढेर दुई हजार चार सय १८ दशमलब ८५ विन्दुमा पुगेको छ । त्यस्तै, आज कारोबार रकम भने बढ्न सकेको छैन । यस अवधिमा एक अर्ब ८४ करोड २६ लाख बराबरको कारोबार भएको छ ।
नेप्सेका अनुसार आज कारोबार भएका सबै सकूहमा हरियाली छाएको छ भने दुई शेयरमूल्यमा उच्च गिरावट आएको छ । यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी कारोबार नबिल बैंकको भएको छ । यस बैंकको आज ९ करोड भन्दा बढीको कारोबार भएको छ ।