image
image

सामान्य अंकले घट्यो नेप्से, कारोबार रकममा भने सुधार

काठमाडौँ २९ मङ्सिर । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक ४.६५ अंकले घटेर २ हजार ४ सय १४.१९ बिन्दुमा झरेको छ  ।आज २२८ कमपनिको ९८ लाख ७९ हजार १ सय ९ शेयर ७१ हजार २ सय २९ पटक कारोबार भएको छ । त्यस्तै आज कूल १३ उपसमूह मध्ये ५ समूह बाहेक सबै समूह बढेका छन् ।  साथै  ४ अर्ब ५७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । 


९० वटा कम्पनीको शेयरमुल्य बढदा ९२ वटा कम्पनीको शेयर मुल्य घटेको छ भने बाँकी ७ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । बैंक, माइक्रोफइनान्स, होटल एण्ड टुरिजम,लाइफ इन्स्योरेन्स र अन्य कम्पनीको शेयरमूल्य घटेको छ । भने बाँकी सबै कम्पनीको शेयर मुल्य बढेको हो । बजारमा आज महालक्ष्मी विकास बैंकको सर्वाधिक १६ करोड ५५२ लाख कित्ता शेयर कारोबार भएको छ । 


दिव्यश्वरी हाइड्रोपावर, सामलिङ पावर कम्पनी, मल्टीप्रपोस फाइनान्स, आँखु खोला जलविद्युत कम्पनी, युनियन हाइड्रो, बेष्ट फाइनान्स, बुटवल पावर कम्पनी आदि कम्पनीको शेयरमूल्य बढेको छ ।

आज सर्वाधिक मूल्य घट्ने कम्पनीहरुमा नयाँ सारथी लघुवित्त वित्तीय संस्था, सामुदायिक लघुवित्त वित्तीय संस्था, मञ्जुश्री पफाइनान्स, हिमालय जेनेरल इन्स्योरेन्स, युनिभर्सल नेपाल कम्पनी आदि कम्पनीहरु रहेका छन् ।  
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।