महिला लघुवित्तको आईपीओ बाँडफाँड शुक्रबार हुने
काठमाडौं १२ फागुन । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ शुक्रवार बाँडफाँट गर्ने तयारी भएको छ । विक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडले बुधवार प्रि अलोटमेण्ट गरी शुक्रवारसम्म बाँडफाँट गर्ने गरीरहेको जानकारी दिएको हो । हाल डाटा फेरिफिकेसनको काम भैरहेकाले बुधवार बेलुकासम्म प्रि अलोटमेण्ट गर्न सके शुक्रवार बाँडफाँट हुने विक्री प्रबन्धकको भनाई छ ।
यस कम्पनीको आईपीओमा १५ लाख ८० हजार ७८१ जनाले आवेदन दिएका छन् । अन्तिम दिन फागुन ५ गते बुधवार साझ ५ बजेसम्म यी आवेदकबाट २ करोड ४६ लाख ६६ हजार १७० कित्ताको लागि आवेदन परेको हो । जुन मागभन्दा ६५ दशमलव ७७ गुणा बढी हुन आउँछ । कम्पनीको आईपीओका लागि परेको आवेदन हालसम्मकै उच्च रहेको छ ।
त्यस्तै कम्पनीले माघ ३० गतेदेखि सर्वसाधारणका लागि ३ लाख ७५ हजार कित्ता शेयर सार्वजनिक निष्कासन गरेको हो । प्रतिकित्ता रू. १०० अंकित दरको कुल ४ लाख कित्ता आईपीओमध्य ५ हजार कित्ता कम्पनीका कर्मचारीहरुका लागि र २० हजार कित्ता सामूहिक लगानीकोषलाई सुरक्षित राखेको छ ।