image
image

खोटाङमा धान र अलैँचीको उत्पादन घट्यो

काठमाडौँ, १, पुस । गत वर्षको तुलनामा यस वर्ष खोटाङमा धान उत्पादन करिब पाँच हजार मेट्रिकटन घटेको छ । जिल्लाभर १२ हजार ८९८ हेक्टर क्षेत्रफलमा धानखेती हुँदै आएको जिल्लामा यस वर्ष सत प्रतिशत रोपाइँ भए पनि गत वर्षको तुलनामा यो वर्ष चार हजार ६४३.२८ मेट्रिकटन उत्पादन घटेको हो । आर्थिक वर्ष २०७७/७८ मा २९ हजार ७९४.३८ मेट्रिकटन धान उत्पादन भएको जिल्लामा आव २०७८/७९ मा उत्पादन घटेर २५ हजार १५१.१० मेट्रिकटन मात्र उत्पादन भएको जिल्ला कृषि ज्ञान केन्द्र खोटाङका निमित्त प्रमुख हरिनारायण राईले बताए ।

यस वर्ष समयमै वर्षा भएका कारण जिल्लाभर १२ हजार ८९८ हेक्टर क्षेत्रफलमा उन्नत जात र स्थानीय जातका धान समयमै रोपाइँ भएको थियो, उनले भने, बेमौषमी वर्षा र हावाहुरीका कारण फूल खेल्दै गरेको धानको बोट ढलेर खेतमै नष्ट हुँदा यस वर्ष उत्पादनमा कमी आएको हो ।

स्थानीय जातका धान ढिला फुल्ने गरेकाले पनि बेमौषमी वर्षा र हावाहुरीले यस वर्ष धानबालीमा ठूलो क्षति भएको किसानले बताएका छन् । बेमौषमी वर्षा र हावाहुरीका कारण पाँच हजार ५२२.६२ हेक्टर अर्थात् ४२.८२ प्रतिशत क्षेत्रफलमा लगाइएको धानबालीमा क्षति हुन पुगेको हो ।

जिल्लामा यस वर्ष धान उत्पादनमा कमी भएपछि स्थानीय जातका धानको मूल्य अकासिने अनुमान गरिएको छ । गत वर्ष प्रतिपाथी रु १२० मा बिक्री भएको धान यस वर्ष बढेर रु १६० पुगेको कृषकले बताएका छन् । जिल्लामा यस वर्ष अलैँची उत्पादनमा पनि कमी आउने देखिएको कृषि ज्ञान केन्द्रले जनाएको छ । अलैँची उत्पादनको तथ्याङ्क सङ्कलन हुन बाँकी रहे पनि करिब ३०/३५ प्रतिशतले उत्पादन घट्ने अनुमान गरिएको ज्ञान केन्द्रका निमित्त प्रमुख राईले जानकारी दिए ।

एक हजार ४०२ हेक्टर क्षेत्रफलमा अलैँचीखेती हुँदै आए पनि कृषकको भनाइअनुसार यो वर्ष अलैँची उत्पादन कम भएको र उत्पादन घटेर जाने निश्चित भएको छ । दश स्थानीय तह रहेको जिल्लामा आव २०७७/७८ मा ७८७.३६ मेट्रिकटन अलैँची उत्पादन भएको थियो ।

गत वर्ष जिल्लामा प्रतिहेक्टर ०.७४ मेट्रिकटन अलैँची उत्पादन भएको कृषि ज्ञान केन्द्रको तथ्याङ्कमा उल्लेख छ । केन्द्रका अनुसार गत वर्ष एक हजार ६४ हेक्टरमा लगाइएको अलैँचीले फल दिएको र बाँकी ३३८ हेक्टरमा भने बिरुवा नै थियो । यस वर्ष अलैँचीको उत्पादन घटे पनि मूल्य भने बढेको कृषकले बताएका छन् । मूल्य बढे पनि उत्पादन घटेपछि धान खेत मासेर व्यावसायिकरूपमा अलैँची खेती सुरु गरेका कृषक चिन्तित भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।