image
image

यस्तो छ आजको विनिमयदर 

काठमाडौँ, १, पुस । नेपाल राष्ट्र बैंकले आज एक अमेरिकी डलरको बिक्री मूल्य १२२.२८ रुपैयाँ तोकेको छ । यस्तै, आजका लागि एक डलरको खरिद मूल्य १२१.६८ रुपैयाँ तोकिएको छ ।

यस्तै, एक यूरोको बिक्री मूल्य १३७.८५ र खरिद मूल्य १३७.१८ रुपैयाँ तोकेको छ । यसबाहेक, स्टर्लिङ पाउण्डको बिक्री मूल्य १६२.११ रुपैयाँ र खरिद मूल्य १६१.३२ रुपैयाँ कायम भएको छ । यसैगरी, ८७.१८ रुपैयाँ बिक्री मूल्य कायम भएको अष्ट्रेलियन डलरको खरिद मूल्य ८६.७५ रुपैयाँ तोकिएको छ ।
 
यसैगरी, एसियन मुलुकतर्फ सिंगापुर डलरको बिक्री मूल्य ८९.३८ र खरिद मूल्य ८८.९४ रुपैयाँ छ । यस्तै, १० जापानी येनको बिक्री मूल्य १०.७५ र खरिद मूल्य १०.७० रुपैयाँ छ । यता चिनियाँ युवानको बिक्री मूल्य १९.२१ र खरिद मूल्य १९.१२ रुपैयाँ छ ।

३२.५९ रुपैयाँ बिक्री दर कायम भएको साउदी रियालको खरिद दर ३२.४३ रुपैयाँ छ भने कतारी रियालको बिक्री दर ३३.५८ र खरिद दर ३३.४२ रुपैयाँ छ । संयुक्त अरब इमिरेट्सको दिरामको बिक्री मूल्य ३३.२९ र खरिद मूल्य ३३.४२ रुपैयाँ छ भने मलेसियन रिंगटको बिक्री दर २८.९१ र खरिद मूल्य २८.७७ रुपैयाँ कायम छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।