image
image
सुपर मादी हाईड्रोपावरको आईपीओ आउँदै

सुपर मादी हाईड्रोपावरको आईपीओ आउँदै

काठमाडौँ, १, पुस। सुपर मादी हाईड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणलाई ३१,५०,००० कित्ता प्रारम्भिक शेयर(आईपीओ)को निष्काशनका लागि प्रभु क्यापिटल लिमिटेडलाई शेयर प्रत्याभूतिमा नियुक्त भएको छ । 

आईतबार सम्झौतामा सुपर मादी हाईड्रोपावर कम्पनी लिमिटेडलका तर्फबाट कार्यकारी अध्यक्ष पुष्प ज्योति ढुंगाना तथा प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गरेका छन । 

कम्पनीले कास्की जिल्लाको मादी नदीमा ४४ मेगावाट क्षमताकोे हाइड्रोपावर आयोजना निर्माण गरीरहेको छ । हालसम्म कम्पनीको ८० प्रतिशत भौतिक कार्य सम्पन्न गरेको र कम्पनीले शेयर निष्काशनको अनुमतीको लागि विद्युत नियमन आयोगमा निवेदन पेश गरिसकेको कम्पनीले दावी गरेको छ  ।

स्वीकृति पश्चात तुरुन्तै नेपाल धितोपत्र बोर्डमा शेयर निष्काशनको अनुमतीको लागि निवेदन पेश गर्ने कुरा कम्पनीका कार्यकारी अध्यक्ष पुष्प ज्योति ढुंगानाले जानकारी गराए । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।