image
image

नेप्सेमा ३७.८७ अंकको गिरावट

काठमाडौं १ पौष । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको अन्तिम दिन आज बिहिबार दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से ३७.८७ अंकले घटेर दुई हजार तीन सय ७६ दशमलब ७४ विन्दुमा झरेको हो । त्यस्तै, आज कारोबार रकममा पनि गिरावट आएको छ । आज दुई अर्ब ३० करोड १७ लाख बराबरको कारोबार सिमित भएको छ ।  

बजार घटेपनि एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । शेयरमूल्य बढ्ने कम्पनीमा नेपाल बङ्गलादेश बैंक रहेको छ । आज यस कम्पनीको शेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ३५४.६० रुपैयाँ पुगेको छ ।  

नेप्सेका अनुसार आज कारोबार भएका कम्पनीहरुमध्ये तीन कम्पनीको शेयरमूल्यमा उच्च गिरावट आएको छ । शेयरमूल्यमा उच्च गिरावट आउने कम्पनीहरुमा ग्रिनलाइफ हाइड्रोपावर, मैलुङखोला जलविद्युत कम्पनी र हिमालयन पावर पार्टनर रहेका छन् । आज यस कम्पनीको शेयरमूल्य ७ प्रतिशत भन्दा बढीले घटेको छ ।    

यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी कारोबार प्रभु बैंकको भएको छ । यस बैंकको आज ९३ करोड भन्दा बढीको कारोबार भएको छ ।       
  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।