मुलुकको प्रमुख पर्यटकीय गन्तव्यमा बढ्दै रौनक
काठमाडौँ १ पौष । विश्व महामारीको रुपमा फैलिएको कोभिड संक्रमण कारण सुस्ताएको पर्यटन क्षेत्रमा चहलपहल बढ्दै गएको छ । क्रिसमस र अंग्रेजी नयाँ वर्षमा मुलुकको प्रमुख पर्यटकीय गन्तब्यमा रौनक बढेको छ ।
क्रिसमस र न्यू इयरमा काठमाडौँ वाहिरका होटलको अग्रिम बुकिङ उत्साहजनक छ। क्षेत्रीय होटल संघ पोखराका अध्यक्ष विकल तुलाचनले क्रिसमस र नयाँ वर्षका लागि पोखराको होटलले बुकिङ लिइरहेको बताउँदै अहिलेसम्मको अवस्था हेर्दा उत्साहजनक रहेको बताए।
'क्रिसमस र न्यू इयरमा पोखरामा राम्रै चहलपहल हुने देखिएको छ। होटलमा अहिलेनै राम्रो बुकिङ आइरहेको छ,' उनले भने। उनका अनुसार यो अवसरमा ग्राहकले पोखराका होटलमा दुई रात तीन दिनका लागि न्यूनतम ४५ सय रुपैयाँदेखि १० हजार रुपैयाँसम्मको प्याकेज लिन सक्नेछन्।
त्यस्तै अर्को पर्यटकीय गन्तब्य सौराहामा समेत क्रिसमस र न्यू इयरका लागि होटलको बुकिङ राम्रै छ। क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष दीपक भट्टराईले अग्रिम बुकिङ राम्रो रहेको र क्रिसमस र न्यू इयरमा होटलको व्यापार राम्रो हुने अपेक्षा गरे।
अहिले धुलिखेलमा रहेका अधिकांश होटलमा ६० प्रतिशत भन्दा बढी कोठाहरु बुकिङ भइसकेको छ', अध्यक्ष श्रेष्ठले भने,'पोहोर साल यस्तो चाप थिएन। यसपाली उल्लेख्य रुपमा बुकिङ आएको छ। यसरि क्रिसमस र न्यू इयरका लागि अग्रिम बुकिङ गर्ने बढेपछि व्यवसायीमा उत्साह छाएको देखिन्छ ।