image
image

नेपाल बैंकले आज १७ प्रतिशत लाभांश पारित गर्ने  

काठमाडौँ, २, पुस । नेपाल बैंकको साधारण सभा आज हुँदैछ । बैंकको सभाले १७ प्रतिशत लाभांश पारित गर्ने मुख्य प्रस्तावसहित आज सभा बस्दै छ । सभामा गत वर्षको नाफाबाट १४ प्रतिशत बोनस शेयर र कर तिर्न ४ प्रतिशत नगद गरी कुल १७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्न लागेको हो । सभा बैंकको प्रधान कार्यालय धर्मपथ, काठमाडौंमा बिहान ११ बजे बस्नेछ । बैंकले भर्चुअल माध्यमबाट सभामा सहभागी हुन सेयरधनीहरुलाई आग्रह गरेको छ ।

आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन, नाफानोक्सान तथा नगद प्रवाह विवरणमा छलफल गरी पारित गर्ने प्रस्ताव पनि रहेको छ । सभा प्रयोजनका लागि बैंकले मंसिर २१ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, मंसिर २० गतेसम्म रहेका सेयरधनीहरुले मात्र सभामा भाग लिन र लाभांश हात पार्न सक्नेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।