image
image

वैदेशिक रोजगारीमा जाने नेपालीलाई कोरोनाको खोप उपलब्ध गराउन आग्रह  

काठमाडौँ, २, पुस । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ (किसान)ले वैदेशिक रोजगारीमा जाने नेपालीलाई कोरोना भाइरसविरुद्धको खोप उपलब्ध गराउन अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आइओएम) सँग आग्रह गरेका छन् । 

संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय आप्रवासी संगठन ९आइओएम० का मिसन प्रमुख लोरेना ल्यान्डोले श्रममन्त्री श्रेष्ठसँग बिहीबार मन्त्रालयमा शिष्टाचार भेट गरेका थिए । त्यसक्रममा आइओएमले नेपाल सरकारसँग आप्रवासी नेपाली कामदारको क्षेत्रमा गरिरहेको सहकार्यबारे समीक्षा गरिएको थियो ।

मन्त्री श्रेष्ठले कोभिड–१९ महामारीका कारण अन्तर्राष्ट्रिय श्रम बजारमा नेपाली श्रमिकहरुले भोगेका बहुआयामिक समस्याको सम्बोधनका लागि आइओएम नेपालले पुर्‍याएको योगदानप्रति आभार व्यक्त गर्दै वैदेशिक रोजगारीमा जाने नेपालीलाई कोभिडविरुद्धको खोप उपलब्ध गराउन आइओएमबाट सहयोगको आग्रह गरेको मन्त्रीको सचिवालयले जनाएको छ । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।