image
image

तातोपानी भन्सारको आयातमा ८४३.७ प्रतिशतले वृद्धि

काठमाडौँ  २ पौष  ।। चीनबाट आयात तथा निर्यात हुने प्रमुख नाका तातोपानी भन्सारबाट चालू आर्थिक वर्षको तीन महिनामा अत्याधिक सामान आयात भएको छ । नेपाल राष्ट्र बैंकको मंसिरसम्मको तथ्यांकमा तातोपानी नाकाको मात्रै ८४३.७ प्रतिशतले आयात वृद्धि भएको देखाएको छ । त्यस्तै चीनकै अर्को नाका रसुवा भन्सार तर्फ पनि आयातमा १८०.४ प्रतिशतले वृद्धि भएको देखिएको छ । 

यी दुबै नाकाबाट निर्यात भने नभएको राष्ट्र बैंकले जनाएको छ । त्यस्तै त्रिभुवन भन्सार कार्यालयको आयातमा १४१.४ प्रतिशतले वृद्धि भएको देखिएको छ । जलेश्वर भन्सार कार्यालयको आयातमा १९३.९ प्रतिशतले वृद्धि भएको छ । सबैभन्दा कम आयात वृद्धि हने भन्सार कार्यालयमा कैलाली भन्सार कार्यालय रहेको छ । जसको शुन्य दशमलब १ प्रतिशतले आयातमा वृद्धि भएको छ । 


धेरै आयात हुने भन्सार कार्यालयहरु विरगञ्जको यो तीन महिनामा ८१.३ प्रतिशतले आयातमा वृद्धि भएको देखिएको छ भने विराटनगर भन्सार कार्यालय ५४.६ भैरहवा भन्सार २९.३, कञ्चनपुर भन्सार कार्यालय ८४.७ प्रतिशत, मेची भन्सार ७३ प्रतिशतले वृद्धि भएको छ । 
 

 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।