image
image

आइतबार सेयर बजार बन्द हुने

काठमाडौं ३पौष ।भाेलि (पाैष ४ गते, आइतबार) धिताेपत्रकाे दाेश्राे बजार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बन्द हुने भएकाे छ । सरकारले भाेलि सार्वजनिक बिदा दिने भएको छ ।

मन्त्रिपरिषद्को पाैष १ गते, बिहीबार बसेकाे बैठकले आइतबारका दिन उधौली पर्व, योमरी पुन्ही- ज्यापु दिवस (धान्य पूर्णिमा) को अवसरमा देशभरका सम्बन्धित समुदायका लागि बिदा र काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिने निर्णय छ । सरकारले सार्वजनिक बिदा दिने घाेषणा गरेसँगै बजार पनि बन्द हुने भएकाे हाे ।

गत साताकाे अन्तिम काराेबार दिन (बिहीबार) सेयर कारोबार मापक नेप्से परिसूचक ३७.८७ अंकले घटेर २३७६.७४ विन्दुमा झरेकाे थियाे । सेन्सेटिभ परिसूचक पनि ५.८८ अंकले घटेर ४५३.५३ विन्दुमा झरेको थियाे । कूल २२४ वटा कम्पनीकाे ५३ लाख ७९ हजार ८ सय ६० कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब ३० करोड १७ लाख ५१ हजार ९ सय ६८ रूपैयाँ बराबरको कारोबार भएकाे थियाे । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।