image
image

५ जीवन बीमा कम्पनीहरुले ३ अर्ब १५ करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्दै

काठमाडौँ, ४, पुस । चालु आर्थिक वर्ष २०७८/७९ मा ५ जीवन बीमा कम्पनीहरुको ३ अर्ब १५ करोड रुपैयाँ बराबरको प्राथमिक शेयर (आईपीओ) सार्वजनिक निष्काशनमा आउने भएका छन् ।

चार वर्षअघि बीमा समितिबाट नयाँ बीमा कम्पनीको रुपमा स्थापना गर्न स्वीकृति पाएका दश जीवन बीमा र तीन निर्जीवन बीमा कम्पनीमध्ये हालसम्म पाँच जीवन बीमा र तीन निर्जीवन बीमा कम्पनी गरी आठ कम्पनीले ४ अर्ब ३ करोड ५० लाख रुपैयाँ बराबरको शेयर सर्वसाधारणमा जारी गरेका छन् ।

स्थापना भएका सबै निर्जीवन बीमा कम्पनीले प्राथमिक शेयर जारी गरेपनि दशमध्ये पाँच जीवन बीमा कम्पनीको शेयर जारी हुन बाँकी रहेको छ । सर्वसाधारणमा शेयर जारी गर्न बाँकी रहेका जीवन बीमा कम्पनीहरुमा सिटिजन लाइफ, आईएमई लाइफ, रिलायबल नेपाल लाइफ, सन नेपाल लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी रहेका छन् ।

यी ५ कम्पनीहरुको जारी पूँजी १० अर्ब ५० करोड रहेको छ । जारी पूँजीको ३० प्रतिशतले हुन आउने ३ अर्ब १५ करोडको शेयर बिक्रीमा आउनेछ । शेयर बिक्री गर्नेमध्ये सिटिजन्स लाइफले सबैभन्दा धेरै ७५ करोड रुपैयाँ बराबरको शेयर बिक्री गर्नेछ । आइएमई लाइफ, रिलायबल नेपाल लाइफ, सन नेपाल लाइफ र महालक्ष्मी लाइफको समान ६०.६० करोडको शेयर बिक्रीमा आउनेछ ।

शेयर बजार बुलिस प्रवृत्तिमा गएर क्रेज फर्किको बेला बीमा कम्पनीको शेयर बिक्रीमा आउँदा आईपीओबाटै लगानीकर्ताले प्रशस्त नाफा आर्जन गर्न सकेका छन् । प्राथमिक बजारका लगानीकर्ताको संख्या २५ लाख नजिक पुगेको छ भने सिडिएस एण्ड क्लियरिङ्गमा शुक्रबारसम्म ४७ लाख ५४ हजार ९५५ वटा डिम्याट खाता खुलेका छन् । यस अवधिमा ३८ लाख ६८ हजार ५१६ वटा मेरो सेयर खाता खुलेका छन् । 

आईपीओ निष्काशनको तयारीमा रहेका ५ कम्पनीहरुले संस्थापकबाट जारी पूँजीको ७० प्रतिशतले हुन आउने रकम कम्पनी स्थापनाको समयमा नै चुक्ता गरिसकेका छन् भने ३० प्रतिशत शेयर सर्वसाधानमा आईपीओ बिक्रीपछि चुक्ता हुनेछ । आइपीओ निष्काशन पश्चाप यी पाँच वटै कम्पनीको चुक्ता पूँजी बीमा समितिले तोके बमोजिम अर्थात दुई अर्ब रुपैयाँ पुग्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।