image
image

नेपाल वेयर हाउसले १३ करोड ७५ लाखको आईपीओ ल्याउँदै

काठमाडौँ ४ पौष । नेपाल वेयर हाउस कम्पनीले साधारण सेयर (आईपीओ) बिक्री गर्ने भएको छ। कम्पनीको प्रबन्धपत्र संशोधन गने गरी अधिकृत पुँजी ७० करोड र जारी पुँजी ६८ करोड ७५ लाख रूपैयाँ पुर्‍याउने प्रस्ताव सञ्चालक समितिले पारित गरेको छ।

हालै सम्पन्न कम्पनीको साधारणसभाले १३ करोड ७५ लाख रूपैयाँ बराबरका साधारण सेयर निष्काशन गर्ने भएको छ। साधारण सेयर बिक्रीका लागि कम्पनीले सम्बन्धित नियामक निकायमा प्रस्ताव पेश गर्ने निर्णय गरेको छ।

कम्पनीका अध्यक्ष आनन्तकुमार बगडियाले कम्पनीलाई थप विस्तार गर्ने उद्देश्यका साथ साधारण सेयर बिक्री गर्ने प्रस्ताव गरिएको जानकारी दिए।  एभरेष्ट बैंकको सहवित्तीयकरणमा निर्माण भइरहेको कम्पनीको सुनसरी, पर्सा र कपिलवस्तु कार्यालयबाट कूल ५५ हजार मेट्रिकटन अन्न भण्डारण हुनेछ।

निम्बस ग्रप,  शिखर इन्स्योरेन्स, एनएमबि बैंक, श्रीनगर एग्रो फार्म, टीएएनए इन्भेष्टमेन्ट कम्पनी, टिम भेञ्चर्सलगायतको लगानी रहेको यस कम्पनीमा थप केही व्यासायिक र वित्तीय संस्थाले १५ करोड रूपैयाँ लगानी गरिसकेका छन्।

कम्पनीले अन्न भण्डारणका अतिरिक्त वेयहाउस रिसिप्ट फाइनान्सिंग, अक्सन मार्केट सुविधा, बल्क टन्सपोटेसन र वन स्टप एग्री सोलुसनलगायतका सुविधा उपलब्ध गराउने छ। निर्माणधिन तीन एकाइमध्ये सुनसरीको औरावानीस्थित कार्यालयबाट आगामी दुई महिनाभित्र व्यावसायिक काम सुरु हुने कम्पनीले जनाएको छ। 
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।