image
image

खप्तड लघुबित्तले आईपिओ निष्काशन गर्ने

काठमाडौँ, ५, पुस । खप्तड लघुबित्त बित्तीय संस्था लिमिटेडले आईपिओ निष्काशनको प्रस्ताव सहित साधारण सभा बोलाएको छ । मंसिर २६ गते बसेको सञ्चालक समिती बैठकले कम्पनीको दास्रो साधारणसभा होटल नमस्ते अत्तरिया कैलालीमा पुस २४ गते बिहमन ११ बजेबाट गर्ने निर्णय गरेको छ ।

सभाले प्राथमिक सेयर (आईपिओ) निष्कासन गर्ने प्रस्तावका साथै अध्यक्षद्धारा प्रस्तुत आर्थिक वर्ष ०७७/७८ को वार्षिक प्रतिवेदन लेखा परीक्षकको प्रतिवेदन सहितको आ.व. ०७७/७८ को वासलात, नाफा नोक्सान हिसाब, सोही अवधिको नगद प्रवाहको विवरण तथा सम्बन्धित अनुसुचिहरु र कम्पनी ऐन २०६३ को दफा १११ अनुसार आ.व. २०७८/७९ को लागि लेखापरिक्षकको नियुक्ति गर्ने प्रस्ताव पारित गर्ने छ ।

कम्पनीले आ व २०७६/७७ र २०७७/७८ मा भए गरेका कारोबार तथा सम्पूर्ण काम कारबाहीहरुको अनुमोदन गर्ने सम्बन्धमा छलफल हुने छ । वित्तीय संस्थाको प्रबन्धपत्र र नियमावलीको संशोधनमा नियमनकारी निकायहरुबाट कुनै फेरबदल गर्न सुझाव वा निर्देशन प्राप्त भएमा सो बमोजिम आवश्यकतानुसार थपघट, परिमार्जन, संशोधन र सच्याउन बित्तीय संस्थाको सञ्चालक समितिलाई पुर्ण अख्तियारी प्रदान गर्ने  बिशेष प्रस्ताव पारित गर्ने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।