image
image

दक्ष जनशक्ति उत्पादन नहुँदा बेरोजगारको संख्या बढ्यो

काठमाडौँ १३ फागुन- सरकारले २०४५ सालदेखि प्राविधिक धारको शिक्षालाई नेपाल सरकारले मान्यता दिएको छ । सीटीईभीटीको स्थापना भएसँंगै प्राविधिक शिक्षाको पनि प्रवद्र्धन हँुदै अएको छ । देशमा सैद्धान्तिक शिक्षाका लाखौं युवा बेरोजगार हुन बाध्य भए पनि अझै पनि बजारले माग गरेअनुसारको दक्ष जनशक्ति उत्पादन गर्न नसक्दा सैद्धान्तिक शिक्षामा स्नातक तथा स्नातकोत्तर तहसम्म अध्ययन गरेका लाखौं युवा बेरोजगार हुन पुगेका छन् ।
सीटीईभीटीबाट मान्यता प्राप्त कास्कीमा २ सहित गण्डकी प्रदेशमा ११ वटा प्राविधिक शिक्षालय र एउटा तालिमक केन्द्र सञ्चानमा छन् भने निजी क्षेत्रका गण्डकी प्रदेशमा छोटो अवधि (एक हप्ता देखि १६ सय ९६ घण्टा ) को तालिम दिने ७६ वटा संस्था छन । त्यस्तै डिप्लोमा कार्यक्रम सञ्चालन गर्ने पोखरामा १० वटा, नवलपुरको गंैडाकोटमा र बागलुङमा १÷१ वटा गरी १२ वटा संस्था रहेको सीटीईभीटीई गण्डकी प्रदेशको कार्यालयले जनाएको छ । नेपालमा केही क्षेत्रमा विस्तारै प्राविधिक उत्पादन भए पनि अझै पर्याप्त मात्रामा प्राविधिक दक्षजनशक्ति उत्पादन गर्न नसकिएको सीटीईभीटी गण्डकी प्रदेशका उपनिर्देशक जीवनप्रसाद भण्डारीले बताए । स्वास्थ्य, सिभिल इन्जिनियरिङ, कृषि क्षेत्रमा सरकारीस्तरबाट जनशक्ति उत्पादन भएको दाबी गरेका उनले केही क्षेत्रमा अझै प्राविधिक दक्षजनशक्ति उत्पादन गर्नुपर्ने बताए । नेपाली बजारमा मागअनुसारको दक्षजनशक्ति उत्पादन नहुँदा वार्षिक रूपमा अर्बौं रुपैया विदेशिने गरेको उपनिर्देशक भण्डारीले जनाए । नेपालमा कामलाई समान दृष्टिले हेर्ने संस्कार नहँुदा पनि समस्या उत्पन्न भएको उनको बुझाइ छ ।
कान्तिपुर होटल ट्रेनिङ सेन्टर तथा कान्तिपुर होटल म्यानेजमेन्ट कलेजका संस्थापक विजय पौडेलले स्वयम् सेवक (ओजेटी)मा खटिएका कर्मचारीलाई केही होटल व्यवसायीले राम्रो व्यवहार नगर्ने गरेको गुनासो गरे । आफूहरूले भारतमा ओजेटी गर्न पठाएका व्यक्तिलाई उनीहरूले भविष्यका राम्रा कामदारको रूपमा सकारात्मक ढंगले उनीहरूलाई प्रोत्साहन हुने गरी व्यवहार गर्ने गरेको उनले बताए । उनको संस्थामा अध्ययन तथा प्रशिक्षण गरेका अधिकांश जनशक्ति पोखरा क्षेत्रका सानादेखि चर्चित होटल रेस्टुराँसम्म पुगेको संस्थापक पौडेलको दाबी छ । उनले सञ्चालन गरेको सेन्टरबाट हालसम्म करिब २६ हजार जनालाई विभिन्न प्रकारको तालिम दिएको दाबी गरे । ६ महिनादेखि २ वर्षसम्मको होटल म्यानेजमेन्टको कोर्स अध्ययन गर्ने विद्यार्थीलाई स्वदेश तथा विदेशमा रोजगारको ग्यारेन्टी भएको र अन्यथा भए रकम फिर्ता गर्ने उनले दाबी गरे ।
सीटीईभीटीईको आंगिक पोखरा प्राविधिक शिक्षालयले ३ वर्षीय होटल
म्यानेजमेन्ट, १८ महिने प्रि—डिप्लोमा, ३ वर्षीय आँखा (नेत्र) सहायक कक्षा
सञ्चालन गर्दै आएको छ । साथै उक्त हिमालय आँखा अस्पतालसँंग आँखा सहायक, संस्थाले एसओएस भोकेसनल ट्रेनिङ सेन्टर, पोखरा टेक्निकल स्कुलसँंगको साझेदारीमा डिप्लोमा कक्षा सञ्चालन गर्दै आएको छ ।
सीटीईभीटीका आंगिक पोलिटेक्निक, तालिम केन्द्र र शिक्षालय गरी गण्डकी प्रदेशमा १२ वटा छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
100%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।