image
image

नेप्से दोहोरो अंकले घटेपनि  दुई कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट

काठमाडौँ ५ पौष । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको दोस्रो दिन आज सोमबार दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से १७.९३ अंकले घटेर दुई हजार तीन सय ५८ दशमलब ८१ विन्दुमा झरेको हो । त्यस्तै, आज कारोबार रकममा पनि बढ्न सकेको छैन । आज दुई अर्ब ४६ करोड ४६ लाख बराबरको कारोबार सिमित भएको छ ।   

नेप्सेका अनुसार आज बजार दोहोरो अंकले घटेपनि दुई कम्पनीको शेयरमूल्यमा भने पोजेटिभ सर्किट लागेको छ । शेयरमूल्यमा सर्किट लाग्ने कम्पनीमा गोर्खाज फाइनान्स र हिमालयन डिष्ट्रिलरी लिमिटेड रहेको छ । आज गोखार्ज फाइनान्सको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता १०१५.३० रुपैयाँ पुगेको छ भने हिमालयन डिष्ट्रिलरी कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ६२३७ रुपैयाँ पुगेको छ ।  


त्यस्तै, आज माउन्टेन इनर्जी नेपालको शेयरमूल्यमा सर्वाधिक गिरावट आएको छ । आज यस कम्पनीको शेयरमूल्य ६ प्रतिशत भन्दा बढीले घटेको छ । यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी कारोबार गोर्खाज फाइनान्सको भएको छ । यस कम्पनीको आज १९ करोड २७ लाख भन्दा बढीको कारोबार भएको छ ।       
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।