image
image

एकैदिनमा बैंकहरुको निक्षेप १४ अर्बले बढ्यो, कर्जा लगानी पनि ११ अर्बले वृद्धि

काठमाडौँ ५ पौष । एकैदिनमा बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप १४ अर्ब रुपैयाँले बढेको छ। गत पुस १ गते एकैदिन बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप १४ अर्ब रुपैयाँले बढेको हो। योसँगै कुल निक्षेप ४८ खर्ब ६ अर्ब रुपैयाँ पुगेको छ। गत मंसिर २९ गतेसम्म कुल निक्षेप ४७ खर्ब ९२ अर्ब रुपैयाँ रहेको थियो।नेपाल राष्ट्र बैंकको तथ्यांकले यस्तो देखाएको हो ।

यस्तै, वाणिज्य बैंकहरुको निक्षेप एकैदिनमा अर्थात पुस १ गते ११ अर्ब रुपैयाँले बढेको छ। गत मंसिर २९ गतेसम्म ४२ खर्ब २३ अर्ब रुपैयाँ रहेको वाणिज्य बैंकहरुको कुल निक्षेप पुस १ गते बढेर ४२ खर्ब ३४ अर्ब रुपैयाँ पुगेको छ। 

बैंक तथा वित्तीय संस्थाहरुको कर्जा लगानी पनि पुस १ गते एकैदिन ११ अर्ब रुपैयाँले बढेको छ। गत मंसिर २९ गतेसम्म ४५ खर्ब ९१ अर्ब रुपैयाँ रहेको कुल कर्जा लगानी बढेर पुस १ गतेसम्म ४६ खर्ब २ अर्ब रुपैयाँ पुगेको छ। 

वाणिज्य बैंकको पुस १ गतेसम्म कुल कर्जा लगानी ९ अर्ब रुपैयाँले बढेर ४० खर्ब ८५ अर्ब रुपैयाँ पुगेको छ। गत मंसिर २९ गतेसम्म कुल कर्जा लगानी ४० खर्ब ७६ अर्ब रुपैयाँ रहेको थियो।

निक्षेप बढेसँगै बैंकहरुको औसत सीडी रेसियोमा सुधार देखिएको छ। गत मंसिर २९ गतेसम्म ९१.२४ प्रतिशत रहेको सीडी रेसियो घटेर ९१.१४ प्रतिशतमा झरेको छ। 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।