image
image

पाँच महिनामा ३० अर्ब वैदेशिक लगानी प्रतिबद्धता

काठमाडौँ ६ पौष  । चालू आर्थिक वर्षको पाँच महिना गत साउनदेखि मङ्सिर २१ गतेसम्म तीस अर्ब विदेशी लगानी प्रतिबद्धता आएको छ । उद्योग विभागले सार्वजनिक गरेको पाँच महिनाको तथ्याङ्क अनुसार रु ३० अर्ब बराबरको लगानीमा १२२ वटा उद्योगमा विदेशी लगानी प्रतिबद्धता आएको हो । विभागका सूचना अधिकारी ज्ञानेन्द्र पराजुलीका अनुसार विभिन्न छवटा शीर्षक अन्तर्गत उक्त उद्योग दर्ता भएका छन् ।जसमा सबैभन्दा धेरै लगानी प्रतिबद्धता सेवामूलक क्षेत्रमा आएको छ । सो क्षेत्रका ३५ उद्योगमा मात्रै रु १५ अर्ब ९५ करोड बराबरको लगानी प्रतिबद्धता आएको हो ।

यस्तै, कृषि तथा वन पैदावारमा आधारित उद्योगमा चीनबाट चार वटा लगानी प्रतिबद्धता आएको छ । प्रति उद्योगमा रु १५ करोडका दरले चार उद्योगमा रु साठी करोड लगानी प्रतिबद्धता आएको तथ्याङ्कमा उल्लेख छ । ऊर्जामूलक उद्योगमा नेदरल्याण्डबाट एक उद्योगमा रु पाँच करोड ६० लाख, सूचना, सञ्चार तथा प्रसारण प्रविधिमा आधारित ६ उद्योगमा रु ४५ करोड लगानी आएको छ

उत्पादनमूलक क्षेत्रका १९ उद्योगमा रु तीन अर्ब २४ करोड र पर्यटनसँग सम्बन्धित ५५ उद्योगमा रु नौ अर्ब ५५ करोड बराबरको लगानी प्रतिबद्धता आएको छ । नयाँ व्यवस्थाअनुसार रु पाँच करोड भन्दा कम लगानीमा नेपालमा विदेशी लगानीको उद्योग दर्ता हुदैन ।

विभागले सार्वजनिक गरेको पाँच महिनाको विदेशी लगानी प्रतिबद्धतामध्ये सबैभन्दा धेरै लगानी प्रस्ताव चीनबाट आएको पाइएको छ । तथ्याङ्क अनुसार पाँच महिनामा कूल प्रतिबद्धताको करिब ८० प्रतिशत चीनबाट आएको छ । चीनबाट १०२ उद्योगमा रु २३ अर्ब ६४ लाख बढीको प्रतिबद्धता आएको छ ।
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।