image
image

शेयर बजारमा हरियाली, तीन कम्पनीको शेयरमूल्यमा पोजेटिभ सर्किट

काठमाडौँ ६ पौष । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको तेस्रो दिन आज मंगलबार दोहोरो अंकले बढेको छ । सोमबार दोहोरो अंकले घटेको नेप्से आज भने हरियाली छाएको हो ।    

आज नेप्से ५६.७३ बढेर दुई हजार चार सय १५ दशमलब ५५ विन्दुमा पुगेको हो । त्यस्तै, आज कारोबार रकममा भने बढ्न सकेको छैन । आज दुई अर्ब ३८ करोड ३२ लाख बराबरको कारोबार सिमित भएको छ ।   

नेप्सेका अनुसार आज तीन कम्पनीको शेयरमूल्यमा भने पोजेटिभ सर्किट लागेको छ । शेयरमूल्यमा सर्किट लाग्ने कम्पनीमा ग्रीन डेभलपमेन्ट बैंक, जानकी फाइनान्स र रसुवागढी हाइड्रोपावर रहेको छ । ग्रीन डेभलपमेन्ट बैंकको शेयर १० प्रतिशतले बढेर प्रतिकित्ता ३४१ रुपैयाँ पुगेको छ भने जानकी फाइनान्सको पनि ९ प्रतिशत भनदा बढीले बढेर प्रतिकित्ता ५७१ र रसुवागढी हाइड्रोपावरको पनि बढेर प्रतिकित्ता ३५१.१० रुपैयाँ पुगेको छ । 

त्यस्तै, आज गोर्खाज फाइनान्सको शेयरमूल्यमा सर्वाधिक गिरावट आएको छ । आज यस कम्पनीको शेयरमूल्य ८ प्रतिशत भन्दा बढीले घटेको छ । यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी कारोबार हिमालयन डिष्ट्रिलरीको भएको छ । यस कम्पनीको आज १४ करोड ५८ लाख भन्दा बढीको कारोबार भएको छ ।       
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।