image
image

प्राइम कमर्सियल बैंकद्वारा १६ प्रतिशत लाभांश पारित

काठमाडौँ, ७, पुस । प्राइम कमर्सियल बैंक लिमिटेडको १४ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ।साधारणसभाले सञ्चालक समितिले सिफारिस गरेबमोजिम आर्थिक वर्ष २०७७÷७८ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई १६ प्रतिशतका दरले हुने रु. २५७.३२ करोड बराबरको बोनस सेयर तथा चुक्ता पुँजीको ०.६३१३ प्रतिशत नगद लाभांश (कर समायोजनार्थसमेत) दिने निर्णय गरेको छ। 

बैंक सञ्चालक समितिका अध्यक्ष राजेन्द्रदास श्रेष्ठको अध्यक्षतामा सम्पन्न साधारण सभाले बैंकको सञ्चालक समितिमा सर्वसाधारण समूहमा सञ्चालक पद –१ मा गजेन्द्र विष्टलाई निर्विरोध निर्वाचित गरेको छ। विष्ट यसअघि पनि बैंकको सञ्चालक थिए।

साधारणसभालाई सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने सेयरधनीहरु लगायत सबैमा अध्यक्ष श्रेष्ठले कृतज्ञता व्यक्त गरे।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।