image
image

नेपालमा २ वटा विदेशी फिल्मको आक्रमक व्यापार, कुनले कति कमायो ? 

काठमाडौँ, ७, पुस । नेपालमा २ वटा विदेशी फिल्महरुले आक्रमक व्यापार गरिरहेको छ । गत शक्रबार देखि प्रदर्शनमा आएका हलिउड सुपर हिरो फिल्म ‘स्पाइडर म्यानः नो वे होम’ले बक्स अफिसमा आकर्षक कलेक्सन गरिरहेको छ । त्यसैगरी अल्लु अर्जुन र रश्मिका मन्दना अभिनित तेलुग फिल्म ‘पुष्पा – द राइज’ले पनि नेपाली सिनेमाहलमा राम्रो व्यापार गरिरहेको छ ।

दुई विदेशी फिल्महरुले गर्दा क्युएफएक्सका सम्पुर्ण हलहरुमा दर्शकहरु भरिभराउ रहेको बताइएको छ ।  फिल्म रिलिज अघि नै टिकट सोल्ड आउट भइसकेको थियो । कोरोना महामारीलाई मध्यनजर गर्दै ७५ प्रतिशत अकुपेन्सीमा हल खुला भएको छ । काठमाडौंका छाया सेन्टर, लबिम मल, सिभिल मल, भाटभटेनीरभक्तपुरको हलहरु भरिभराउ छन् ।  

क्युएफएक्समा फिल्म पुष्पाको भन्दा स्पाइडर म्यानले बढी शो पाएको छ । यी दुवै फिल्महरुले बक्सअफिसमा राम्रो कलेक्सन गरिरहेको छ । शतप्रतिशत अकुपेन्सीमा हलहरु खुलेका छन् । बिचमा केही फिल्मको व्यापार सुस्त भएपनि यी दुवै फिल्महरुले सिनेमाहलमा फेरि दर्शक फर्काइदिएको ।

फिल्म ुस्पाइडरम्यानु लाई नेपाल वितरक एप्पल इन्टरटेनमेन्टमार्फत नेपाल ल्याइएको हो । यस फिल्मले उपत्यकाभित्र नै ३ सयभन्दा बढी शो पाएको एप्पल इन्टरटेनमेन्टकी कार्यकारी निर्देशक जेनिश पहारीले बताइन् ।

भन्छिन्, ुवर्षकै बहुप्रतिक्षित फिल्म भएकोले स्पाइडरम्यानको प्रदर्शनले दर्शकमा निकै उत्साह थपेको छ। यस फिल्मले निकै उच्च शो पाएको छ। तीन दिनमै यस फिल्मले नेपालभर ३ करोडको व्यापार गरिसकेको छ ।ु 

फिल्म ुपुष्पाु लाई गोपीकृष्ण मुभिजले भित्र्याएको हो । गोपीकृष्ण मुभिजका म्यानेजर निरज पौडेलले यस फिल्मलाई ५० लाखमा नेपालमा लिएको बताए । फिल्मले सोचेभन्दा निकै राम्रो कमाई गरेको उनी बताउँछन् । फिल्मले अहिलेसम्म डेढ करोडको कमाई गरिसकेको उनले बताए । अब यसपछि फिल्म आरआरआर पनि लाइनअपमा रहेको समेत उनको भनाई छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।