image
image

सहकारीकर्मीलाई रजिष्टारको निर्देशनः आफ्नो सीमालाई ख्याल गर्नुहोस्, तपाईंहरू बैंक होइन

काठमाडौँ, ७, पुस। सहकारी विभागका रजिष्टा र झलकराम अधिकारीले सहकारीका संचालकहरूलाई आफ्नो सीमा ख्याल गर्न निर्देशन दिएका छन् । सहकारीहरू बैंकका रुपमा संचालन हुन थालेको भन्दै सहकारीको आफ्नै सिद्धान्त तथा मुल्य मान्यता ख्याल राख्न निर्देशन दिएका हुन् । 

‘सहकारीको आफ्नो छुट्टै मूल्य, मान्यता र सिद्धान्त छ’,  मंगलबार सहकारीमा देखिएको तरलता अभावको समस्या समाधानका उपायसम्बन्धी कार्यक्रममा बोल्दै रजिष्टार अधिकारले भने, ‘आफ्नो सीमालाई ख्याल गर्नुहोस्, तपाईंहरु बैंक होइन ।’

सरकारले सहकारीको नियन्त्रण गरेको आरोप लगाएपछि जवाफमा रजिष्टार अधिकारीले सहकारी अभियानले आफ्नो दायित्व बिर्सिको बताए । 

विभाग सहकारीको समस्या समाधान गर्न सक्रिय भएको र यसमा हातेमाले गर्न उनले सहकारी संघ महासंघलाई आग्रह गरे । तर, सहकारी अभियानको नेतृत्व समस्यामा गफ गर्नेभन्दा पनि जिल्ला जिल्ला दौडिएर भाषणमा मात्र व्यस्त भएको उनले बताए । 

‘सहकारीका समस्यामा छलफल गर्न आउनुहोस्, म सात दिन मोबाइल अफ गरेर बस्न तयार छु’, रजिष्टार अधिकारीले भने, ‘तर तपाईंहरू समस्यामा छलफल गर्न छाडेर जिल्ला जिल्ला घुमेर बस्नुभएको छ ।’

कार्यक्रममा सहकारी सहकारीकर्मीहरूले सन्दर्भ ब्याज दर बढाउन आग्रह गरका थिए । जवाफमा रजिष्टार अधिकारीले बजारको आधारमा ब्याज दर निर्धारण गर्ने प्रणाली बनाउन लागिपरेको जानकारी दिए । 

हाल सहकारी संस्थाहरुले ऋण लगानी गर्दा १४.७५ प्रतिशतभन्दा बढि ब्याज दर लिन नपाउने गरी सन्दर्भ ब्याज दर तोकिएको छ । तरलता अभावसँगै बैंकहरूको ब्याज दर वृद्धि भएकाले सहकारीको पनि ब्याज दर बढाउन सहकारीका संचालकले दबाब दिँदै
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।