image
image

हिमालयन डिस्टिलरीको शतप्रतिशत लाभांश लिन कहिलेसम्म किन्न पाइन्छ शेयर ?

काठमाडौँ, ७, पुस। हिमालयन डिस्टीलरी लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई शतप्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

कम्पनीको पुष ६ गते बसेको संचालक समितिको बैठकले आव २०७७÷०७८ को मुनाफाबाट शेयरधनीहरुलाई चुक्तापूँजीको ७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि प्रतिशेयर २५ रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

उक्त लाभांश पारित गर्न कम्पनीले पुष २८ गते बुधबार पर्सा जिल्ला विरगंज महानगरपालिका वडा नं. २१ लिपनिविर्तास्थित कम्पनीको रजिष्टार्ड कार्यालयमा बिहान १० बजे बस्नेगरि २१ औं वार्षिक साधारण सभा आह्वान गरेको छ ।

कम्पनीले साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि शेयर दाखिला खारेज किताब बन्द (बुकक्लोज) पुष १६ गते गर्ने निर्णय गरेको छ । जसअनुसार कम्पनीको सभामा भाग लिन र कम्पनीको प्रस्तावित लाभांश पाउन पुष १५ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएको हुनुपर्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।