image
image

सेयर बजार बन्द

काठमाडौँ, ८, पुस । आइतबार नेपाल स्टक एक्सचेन्जमा कारोबार भएन । नेपाल स्टक एक्सचेन्जको वेबसाइटमा भने मार्केट ओपन देखिएको थियो । मार्केट खुले पनि अफिस नै बसेर अनलाइन कारोबार गर्न प्राविधिक रूपमा असजिलो नभए पनि दलालहरूले कारोबार गरेनन् । एकजना लगानीकर्ताका अनुसार दलालले आज कारोबार हुँदैन भोलि आउनुहोला भनेर लगानीकर्तालाई फिर्ता गरेका थिए । यो स्टक दलालहरूले आइतबार एक दिनका लागि माओवादी बन्दप्रति ऐक्यबद्धता जनाएको हुन सक्ने ती लगानीकर्ताको अनुमान छ ।

विगतमा लामो समयदेखि घटिरहको नेप्से परिसूचक गत बिहीबार भने अचानक बढेको थियो । बुधबार नेपाल उद्योग वाणिज्य महासंघको अगुवाइमा भएको राजनीतिक दलका शीर्ष नेताहरूको निर्णायक बहसले सेयर बजारमा सकारात्मक प्रभाव पारेको एक विश्लेषकको भनाइ छ । ठूला रजनीतिक दलका नेताहरूबीच सहमति बन्ने आसमा लगानीकर्ताहरूमा सेयर बजार बढ्ने अपेक्षा गरिएको थियो । फलस्वरूप गत बिहीवार नेप्से परिसूचक दुई अंकले वृद्धि भई ४२० अंकको हाराहारीमा पुगेको थियो ।

लामो समयदेखि सेयर बजारमा काम गरिरहेका एक लगानीकर्ताका अनुसार नेपालको सेयर बजार धेरै नै तल झरिसकेकाले विक्रीका लागि आउने सेयर संख्या कम भएर पनि मूल्य बढेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।