image
image

कामना सेवा विकास बैंकको ऋणपत्र बाँडफाँड

काठमाडौं । कामना सेवा विकास बैंकको ऋणपत्र बाँडफाँड भएको छ । कम्पनीले ९ प्रतिशत व्याजदरको १० वर्षे ऋणपत्र निष्कासन गरेको हो। 

कम्पनीले १ हजार प्रति ऋणपत्रका दरले १० लाख कित्ताले हुन आउँने १ अर्ब बराबरको ऋणपत्र माघ २२ गतेदेखि फागुन ६ गतेसम्म निष्कासन गरेको थियो ।

रितपूर्वक ऋणपत्रका लागि प्राप्त आवेदनहरु प्रशोधन गर्दा ८ लाख ९९ हजार ३६८ कित्ता ऋणपत्र विक्री प्रवन्धक एनआईबिएल एस क्यापिटल लिमिटेडले बुधवार बाँडफाँट गरेको हो ।

१० लाख कित्तामध्ये ६ लाख कित्ता व्यक्तिगत तवरबाट विक्री गरेको छ भने बाँकी ४ लाख कित्ता सर्वसाधारणको लागि सार्वजनिक निष्कासनबाट विक्री गरेको हो ।

सामुहिक लगानी कोषका लागि बाँडफाँड गरिएको ५ प्रतिशत पनि सर्वसाधारणका लागि नै निष्कासन गरिएको कम्पनीले बताएको छ । ऋणपत्रको विक्री प्रवन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।