image
image

सूर्या लाइफको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौँ, ८, पुस। बिहीबार सूर्या लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । कम्पनीले साधारणसभा तथा लाभांश प्रयोजनार्थ शुक्रबार बुक क्लोज गर्दै छ । ९ र १० मा शुक्रबार र शनिबार परेकाले सेयर कारोबार बन्द हुनेछ । यसअनुसार, कम्पनीको लाभांश सुरक्षित गर्न आजै सेयरधनी बन्नुपर्नेछ ।

सूर्या लाइफले गत आर्थिक वर्ष २०७६/०७७ को नाफाबाट १२ दशमलव सात प्रतिशत बोनस सेयर र कर तिर्न शून्य दशमलव ६७ प्रतिशत नगद गरी कुल १३ दशमलव ३७ प्रतिशत लाभांश वितरण गर्न २९ पुसमा वार्षिक साधारणसभा आह्वान गरेको छ । सभा होटल हैरिसन प्यालेस बजरंगबली मार्ग, विराटनगरमा बिहान ११ बजे सुरु हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।