image
image

पाँच महिनामा १ खर्बको निर्यात, अझै व्यापार घाटा उस्तै

काठमाडौँ ८ पौष । चालु आर्थिक वर्षको पाँच महिनामै १ खर्ब रुपैयाँको निर्यात भएको छ।भन्सार विभागका अनुसार यो वर्षको साउनदेखि मंसिरसम्मको तथ्यांक अनुसार १ खर्ब १ अर्ब ९२ करोड रुपैयाँको निर्यात भएको हो। अघिल्लो वर्षको तुलनामा यो बढेको हो। विभागका अनुसार अघिल्लो वर्षको तुलनामा १०५ प्रतिशतले निर्यात बढेको छ। 
 
आव २०७८/७९ को साउनदेखि मंसिरसम्मको ५ महिनामा नेपालबाट १ खर्ब २ अर्ब ९२ करोड रुपैयाँ बराबको सामान विभिन्न देशमा निर्यात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ। गत वर्षको सोही अवधिमा ५० अर्ब ५ करोड रुपैयाँ बराबको मालवस्तु निर्यात भएको थियो। गत वर्षको तुलनामा यो वर्ष निर्यात १ सय ५ दशमलव ६१ प्रतिशतले बढेको हो।

पाँच महिनामै १ खर्बको निर्यात भए पनि यसले व्यापार घाटा न्यूनीकरणमा उल्लेखनीय योगदान गर्न सकेको छैन। पाँच महिनामै व्यापार घाटा ५४ प्रतिशतले बढेर ७ खर्ब ३८ अर्ब पुगेको छ। यस्तो घाटा प्रत्येक वर्ष उचालिँदै आएको छ। जतिसुकै निर्यात बढेपनि यसमा केही पनि कमी आएको छैन।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।