image
image

मध्य भोटेकोशी जलविद्युतको आईपीओ नेप्सेमा सूचीकृत

काठमाडौँ ८ पौष । मध्य भोटेकोशीको आईपीओ नेप्सेमा सूचीकृत भएको छ। बिहीबार जलविद्युतको सिम्बोल सहित सूचीकरण भएको छ। सूचीकृत शेयरको करोबार पौष ११ गतेबाट गरिने छ भने पहिलो करोबारको रेन्ज ९४.३९ देखि २८३.१७ रहेको छ।

मध्य भोटेकोशी जलविद्युत कम्पनीको सर्वसाधारणहरुमा वितरण गरिएको ९० लाख कित्ता, आयोजना प्रभावित क्षेत्रका वासिन्दाका लागि ६० लाख कित्ता, कर्मचारी संचयकोषमा रकम जम्मा गर्ने संचयकर्ता कर्मचारीमा १ करोड १७ लाख कित्ता, ऋणदाता संस्थाका कर्मचारीमा ६ लाख कित्ता, संस्थापक शेयरधनी संस्थाका कर्मचारीमा २१ लाख कित्ता र कम्पनीका संस्थापकहरुले लगानी गरेको ३ करोड ६ लाख कित्ता शेयर समेत गरी जम्मा ६ करोड कित्ता शेयर वितरण भई धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमिजिम मिति २०७८ पौष ७ गतेको निर्णयानुसार नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत भएको हो ।

 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।