image
image

नेप्सेमा सामान्य अंकको वृद्धि हुँदा  तीन कम्पनीको शेयरमूल्यमा भने उच्च वृद्धि

काठमाडौँ  ८ पौष । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारका अन्तिम दिन आज बिहिबार दोहोरो अंकको वृद्धि भएको छ । आज नेप्से १२.५३ बढेर दुई हजार पाँच सय २० दशमलब २३ विन्दुमा पुगेको हो । बुधबार नेप्से ९२.१६ बढेर दुई हजार पाँच सय ७ दशमलब ७० विन्दुमा पुगेको थियो ।  

त्यस्तै, आज ४ अर्ब ४९ करोड २ लाख बराबरको कारोबार भएको छ । बुधबार ४ अर्ब ५२ करोड ३३ लाख बराबरको कारोबार भएको थियो ।    आज कूल १३ उपसमूह मध्ये तीन समूह बाहेक सबै बढेका  छन् ।  

नेप्सेका अनुसार आज तीन कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । शेयरमूल्यमा सर्किट लाग्ने कम्पनीमा शिखर इन्स्योरेन्स, बरुण हाइड्रोपावर र जीवन विकास लघुवित्त वित्तीय संस्था रहेका छन् । आज शिखर इन्स्योरेन्सको शेयरमूल्य करिब १० प्रतिशतले बढेर प्रतिकित्ता १६८८ रुपैयाँ पुगेको छ भने बरुण हाइड्रोपावरको शेयरमूल्य पनि ९.३१ प्रतिशतले बढेर प्रतिकित्ता ४९३ रुपैयाँ पुगेको  र जीवन विकास लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ९.७ प्रतिशतले बढेर प्रतिकित्ता ४४९८ रुपैयाँ पुगेको नेप्सेले जनाएको छ । 

त्यस्तै, आज गोर्खाज फाइनान्सको शेयरमूल्यमा सर्वाधिक गिरावट आएको छ । आज यसको शेयरमूल्य ६.७४ प्रतिशत भन्दा बढीले घटेको छ । यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी कारोबार हिमालयन डिष्ट्रिलरीको भएको छ । यस कम्पनीको आज ३६ करोड २४ लाख भन्दा बढीको कारोबार भएको छ ।       
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।