image
image

४ महिनामा सबैभन्दा बढी आयात हुने वस्तु डिजेल 

काठमाडौँ ८ पौष । कार्तिक महिनासम्मको तथ्याँक हेर्दा डिजेल, सोयाविन तेल, पाल्म तेल, पेट्रोल र ग्याँस सबैभन्दा धेरै आयात भएको देखिन्छ।यस अवधिमा डिजेल सबैभन्दा धेरै ४९ अर्ब २ करोड रुपैयाँ बराबरको आयात भएको छ भने सोयाविन तेल ३३ अर्ब ६६ करोड रुपैयाँको आयात भएको छ। यस्तै पाल्म तेल २४ अर्ब ६१ करोड रुपैयाँको आयात भएको छ भने पेट्रोल २४ अर्ब १० करोड रुपैयाँको आयात भएको छ।

यसैगरी, एलपि ग्याँस पनि २३ अर्ब ११ करोड रुपैयाँको आयात भएको छ। पाँच महिनामा १८ अर्ब ८६ करोड रुपैयाँ बराबरको सुन आयात भएको छ भने चाँदी पनि १२ अर्ब ५१ करोड रुपैयाँको आयात भएको छ।

यस्तै निर्यात तर्फ सोयाविन तेल सबैभन्दा धेरै ३० अर्ब ५५ करोड रुपैयाँको निर्यात भएको छ।यस अवधिमा आयात हुने सामानबाट सरकारले २ खर्ब १७ अर्ब ३३ करोड रुपैयाँ राजस्व संकलन गरेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।