image
image

५ महिनामा ५३ अर्बको सवारीसाधन आयात

काठमाडौँ ८ पौष ।  चालु आर्थिक वर्षको ५ महिनामा ५३ अर्ब ४५ करोड ८२ लाख ८८ हजार रुपैयाँ बराबका सवारीसाधन तथा सवारीजन्य पार्टपूर्जाको आयात भएको छ। कोरोना महामारी न्यून भएसँगै सवारीसाधनको आयात बढ्न थालेको छ। 

कार, जिप, भ्यान, दुईपांग्रे सवारीको आधार धेरै हुने गरेको छ। साउनदेखि मंसिरसम्मका ५ महिनामा सरकारले सवारीसाधन तथा सवारीजन्य पार्टपूर्जाको आयातबाट ५१ अर्ब २६ करोड १३ लाख ५२ हजार रुपैयाँ संकल गरेको छ। 

आयात बढ्दै जाँदा विदेशि मुद्रामा चाप परेको भन्दै मंगलबार केन्द्रीय बैंकले सवारीसाधन आयात गर्दा ५० प्रतिशत नगद मार्जिन राख्नु पर्ने व्यवस्था गरेको छ। यसअघि सवारीसाधन आयात गर्न १ प्रतिशतमात्र नगद मार्जिन भए पुग्ने व्यवस्था थियो। 

पेट्रोल/डिजेलबाट चल्ने सवारीसाधनको आयात गर्दा ५० प्रतिशत नजद मार्जिन राख्नु पर्ने व्यवस्था रहेपनि विद्युतीय सवारी आयातका लागि भने यो लागु नहुने केन्द्रीय बैंकले जनाएको छ। 

केन्द्रीय बैंकको यो व्यवस्थाले सवारी आयातमा समस्या हुनेभन्दै सवारी आयातकर्ताहरुले बिरोध जनाएका छन्। यो व्यवस्थाले उत्पादनसँग जोडिने सवारीसाधनको आयात उल्लेख्य रुपमा घट्ने उनीहरुको दाबी छ। 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।