image
image

बैंक तथा वित्तिय संस्थाहरुलाई भुक्तानी विवरणको तथ्यांक पेश गर्न राष्ट्र बैंकको निर्देशन

काठमाडौँ ८ पौष । नेपाल राष्ट्र बैंकले भुक्तानी सम्बन्धी कार्य गर्ने संस्थाहरुलाई तथ्यांकको प्रतिवेदनहरु ७ गते भित्र बुझाउन निर्देशन दिएको छ। राष्ट्र बैंकले आफ्नो कारोबार समबन्धी विवरणहरु मासिक रुपमा अर्को  महिनाको ७ गते भित्र राष्ट्र बैंकमा पठाउन निर्देशन दिएको हो।

राष्ट्र बैंकले शाखारहित बैंकिङ केन्द्रमा रहेका ग्राहकहरू तथा विद्युतीय कार्डको विवरण कारोबार सम्बन्धी विवरण, भुक्तानी सेवा प्रदायकको कारोबार सम्बन्धी विवरण भुक्तानी सेवा प्रदायकको सफल र असफल कारोबार सम्बन्धी विवरण दिन निर्देशन दिएको छ। 

सेटलमेन्ट बैंकमा रहेको खाताको हिसाबमिलान विवरण, भुक्तानी सेवा प्रदायकको ग्राहक सम्बन्धी विवरण,  भुक्तानी प्रणाली सञ्चालकको कारोबार सम्बन्धी विवरण, भुक्तानी प्रणाली सञ्चालकको सफल र असफल कारोबार समबन्धी विवरण पेश गर्न निर्देशन दिएको छ। 

भुक्तानी सेवा प्रदायकको एजेन्ट सम्बन्धी कारोबारको विवरण, क्रेडिट कार्ड र प्रिपेड कार्डबाट भएको नगद कारोबार सम्बन्धी विवरण र क्लियरिङ्ग हाउस बाट भएका कारोबारका विवरण महिना समाप्त भएपछि अर्को महिनाको ७ गते भित्र बुझाउन निर्देशन दिएको हो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।