image
image

पाँच महिनामै १ खर्ब रुपैयाँभन्दा धेरैको निर्यात

काठमाडौँ, ९, पुस । चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा नेपालको निर्यात व्यापार एक सय प्रतिशतभन्दा धेरैले बढेको छ । भन्सार विभागको तथ्याङ्कअनुसार साउनदेखि मङ्सिरसम्मको पाँच महिनामा नेपालले एक खर्ब दुई अर्ब रुपैयाँको सामान निर्यात गरेको छ । यो गएको वर्षको पाँच महिनाको तुलनामा एक सय पाँच दशमलव ६१ प्रतिशतले धेरै हो । गएको वर्षको पहिलो पाँच महिनामा नेपालले ५० अर्ब पाँच करोड रुपैयाँको वस्तु निर्यात गरेको थियो ।

पाँच महिनामै एक खर्ब रुपैयाँको सामग्री निर्यात हुनुलाई वैदेशिक व्यापारको क्षेत्रमा ठूलो सफलताको रूपमा हेरिएको छ । गएको आर्थिक वर्ष २०७७/७८ मा नेपालले एक खर्ब ४१ अर्ब रुपैयाँको निर्यात गरेको थियो । सरकारले २०६४ सालमा बनाएको तीन वर्षे अन्तरिम योजनामा आर्थिक वर्ष २०६६/६७ भित्र नेपालको निर्यात व्यापारलाई वार्षिक एक खर्ब रुपैयाँ पुर्‍याउने लक्ष्य राखेकोमा पूरा नभएपछि आर्थिक वर्ष २०६९/७० मा एक खर्ब रुपैयाँको निर्यात गर्ने लक्ष्य लिएको थियो । 

तर सरकारको लक्ष्य गएको वर्ष मात्रै पूरा भएको थियो । यो वर्ष भने पाँच महिनामै नेपालले एक खर्ब दुई अर्ब रुपैयाँको सामान निर्यात गरेको हो । चालु आर्थिक वर्षको पाँच महिनामा नेपालले ३० अर्ब रुपैयाँको सोयाबिन तेल, २७ अर्ब रुपैयाँको पाम तेल, दुई अर्ब रुपैयाँको सनफ्लावर तेल, दुई अर्ब रुपैयाँको अलैँचीलगायतका वस्तु निर्यात गरेको छ । यस्तै चिया, कफी, पस्मिना, जडीबुटी, छुर्पीलगायतका वस्तु धेरै निर्यात हुने गरेका छन् । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।