image
image

ज्योति विकास बैंकसहित ३ कम्पनीको सेयर मूल्य समायोजना

काठमाडौँ, ९, पुस। नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा ३ कम्पनीको सेयर मूल्य समायोजना भएको छ । सेयर मूल्य समायोजन हुनेमा ज्योति विकास बैंक, सूर्या लाइफ इन्स्योरेन्स कम्पनी र एनएमबि लघुवित्त वित्तीय संस्था रहेको छ।

ज्योति विकास बैंकको ११ प्रतिशत बोनसपछिको सेयरमा मूल्य समायोजन भएको हो । समायोजनापछि सेयर भाउ ४ सय ३ रुपैयाँ १५ पैसा निर्धारण गरेको छ। नेप्सेले बिहिबारको अन्तिम कारोबार मूल्य ४ सय ४७ रुपैयाँ ५० पैसाका आधारमा मूल्य समायोजन गरेको हो ।

सूर्या लाइफ इन्स्योरेन्सको १२.७० प्रतिशत बोनस सेयर पछि नेप्सेले प्रतिकित्ता ६ सय ३८ रूपैयाँ ८६ पैसा कायम हुने गरी सेयरमूल्य समायोजन गरेको छ । यस अघि नेप्सेमा इन्स्योरेन्सको अन्तिम सेयर मूल्य ७ सय २० रुपियाँ रहेको थियो। नेप्सेले यहि मूल्यलाई आधार मानेर सेयर मूल्य समायोजन गरेको हो।

एनएमबि लघुवित्त वित्तीय संस्थाको २१.५० प्रतिशत बोनसपछिको सेयरमा मूल्य समायोजन भएको छ। नेप्सेले प्रतिकित्ता १ हजार ५३ रूपैयाँ ५० पैसा कायम हुने गरी सेयरमूल्य समायोजन गरेको छ । यस अघि नेप्सेमा इन्स्योरेन्सको अन्तिम सेयर मूल्य १ हजार २ सय ५० रुपियाँ रहेको थियो। नेप्सेले यहि मूल्यलाई आधार मानेर सेयर मूल्य समायोजन गरेको हो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।