image
image

पाँच महिनामा ८० करोडको केरा आयात

काठमाडौँ, ९, पुस । तीनै तहका सरकारले व्यवसायीक कृषिलाई प्राथमिकता दिएको भन्दै अरबौं बजेट खर्च गरिरहेको बेला पाँच महिनामा ८० करोड भन्दा धेरैको केरा आयात भएको छ । गएको साउन देखि मंसिरसम्म ८० करोड १३ लाख ८२ हजारको केरा आयात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ । 

यो अवधिमा विदेशबाट नेपालमा २ करोड ५१ लाख २१ हजार ९ सय ९१ किलो केरा भित्रिएको छ । त्यसबापत आयातकर्ताले सरकारलाई ७ करोड २३ लाख ८६ हजार त भन्सार राजस्व मात्रै तिरेका छन् । 

नेपालमा अहिले दैनिक ब्यापार घाटा चुलिँदो छ । निर्यात भन्दा आयात गर्ने बस्तु धेरै हुँदा चालु आर्थिक वर्ष २०७८/०७९ को  ५ महिना (साउनदेखि मंसिरसम्म) मा नेपालको कुल वैदेशिक व्यापार घाटा ७ खर्ब ३५ अर्ब ४८ करोड रुपैयाँको छ। गत आवमा ४ खर्ब ७५ अर्ब ४४ करोड रुपैयाँमात्र घाटा रहेकोमा यो वर्ष अघिल्लो वर्षको तुलनामा ५४ दशमलव ७० प्रतिशले व्यापार घाटा बढेको तथ्यांकले देखाउँछ । 

चालु आवको पहिलो ५ महिनामा नेपालबाट सामान आयातमै ८ खर्ब ३८ अर्ब ४० करोड ८२ लाख रुपैयाँ बाहिरिएको छ। तथ्यांकअनुसार आयात गत आर्थिक वर्ष २०७७/०७८ को तुलनामा ५९.५५ प्रतिशतले बढी हो। गत आवको सोही अवधिमा नेपालले आयातमा ५ खर्ब २५ अर्ब  ४९ करोड रुपैयाँ खर्च गरेको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।