image
image

राष्ट्र बैकले आजदेखि बजारमा ल्यायो रु.५०० को नयाँ नोट, यस्ता छन् विशेषताहरु

काठमाडौँ, ९, पुस । नेपाल राष्ट्र बैंकले आज पुस ९ गतेदेखि रु. ५०० को नयाँ नोट बजारमा ल्याएको छ। बैंकले साविककै आकार तथा रङमा संकेत नं. छ/६८ ०००००१ देखि झर४२ ९९९९९९ सम्म, ‘नेपाल सरकारको जमानत प्राप्त यसको रुपैयाँ भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट रुपैयाँ ५०० रुपैयाँ पाँच सय तुरुन्त पाइनेछ।’ भन्ने प्रतिज्ञामूलक वाक्यांशसहितको नयाँ नोट प्रचलनमा ल्याएको हो।

यस्ता छन् नयाँ नोटका विशेषताहरु– 

नोटको अगाडिको भागमा

१. नोटको बायाँतर्फ सगरमाथाको चित्र रहेको।

२. नोटको दायाँतर्फ लालीगुराँसको पानी छाप रहेको ।

३. नोटमा गभर्नरको दस्तखत रहने स्थानमा गभर्नर महाप्रसाद अधिकारीको दस्तखत रहेको।

४. नोटको तल्लो भागको बोर्डरमा नोटको क्भचष्भक ल्गmदभच नेपालीमा ‘वि।सं। २०७७’ लेखिएको ।

५. ३.५ मि.मी. चौडा भएको रङ परिवर्तन हुने (नोटलाई सीधा हेर्दा रातो रङ र ढल्काएर हेर्दा हरियो रङ देखिने) सुरक्षण धागो रहेको ।

६. सगरमाथा हिमालको दायाँतर्फ अन्डाकारभित्र रङ परिवर्तन हुने ९नोटलाई सीधा हेर्दा सुनौलो रङ र ढल्काएर हेर्दा हरियो रङ देखिने० कुबेरको चित्र रहेको ।

७. लालीगुराँसको पानी छापको बायाँतर्फ फरक क्षमता भएका (दृष्टिविहीन) हरु लेस्पर्श गरेर नोटको दर पहिचान गर्नका लागि दुईवटा कालो थोप्लाहरु रहेको।

नोटको पछाडी भागमा

१. नोटको मध्य भागको माथिल्लो खण्डमा अंग्रेजीमा 'NEPAL RASTRA BANK' लेखिएको।

२. नोटको मध्य भागमा पाटेबाघको चित्र रहेको ।

३. नोटको तल्लो भागमा अंग्रेजीमा  लेखिएको ।

४. नोटको तल्लो भागको बोर्डरमा नोटको RUPEES FIVE HUNDRED'  लेखिएको।

राष्ट्र बैंका अनुसार यसअघि २०७५ साल वैशाख १२ गतेदेखि Series २०७३ रुपैयाँ ५०० दरको बैंकनोट संकेत नं. ङ/४६ ०००००१ देखि छ/४० ९९९९९९ सम्म प्रचलनमा ल्याइने भनी सूचना प्रकाशित गरिएकोमा संकेत नं. ङ/४६ ०००००१ देखि छ/३७ ९९९९९९ सम्म मात्र प्रचलनमा ल्याइएको थियो। 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।